शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

मूल्यवृद्धि ७ प्रतिशत नाघ्यो, शोधनान्तर घाटा १ खर्ब ९५ अर्ब 

६ महिनाको आयात धान्नेमात्र विदेशी मुद्राको सञ्चिति

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २९ २०७८
images
मूल्यवृद्धि ७ प्रतिशत नाघ्यो, शोधनान्तर घाटा १ खर्ब ९५ अर्ब 

यो अवधिमा मूल्यवृद्धिदर भने ७.११ प्रतिशत पुगेको छ। विश्वव्यापी रुपमा मूल्यवृद्धि बढ्दै गएको छ। यसको प्रभाव नेपालमा पनि देखिँदै आएको छ। पछिल्ला महिनाहरुमा मूल्यवृद्धि निरन्तर बढीरहेको छ। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो पाँच महिनासम्मको बाह्य अवस्था नाजुक बनेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अधिकांश सूचक खराब लयमा निरन्तर रहेका छन्। 

images
images
images

राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिरसम्म रेमिट्यान्स घट्ने क्रम जारी छ। मंसिरसम्मको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा ६.५ प्रतिशतले घटेको छ। 

images
images

चालु आर्थिक वर्षको सुरुदेखि नै घटिरहेको रेमिट्यान्स दसैँ तिरहारजस्ता चाडपर्वमा पनि बढ्न सकेको थिएन। मंसिरसम्म आउँदा लगातार पाँचौ महिनासम्म रेमिट्यान्समा ह्रास देखिएको छ। 

images
images

नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्मको अवधिमा ३ खर्ब ८८ अर्ब ५८ करोड रेमिट्यान्स भित्रिएको छ। 

आयातको वृद्धिदरमा भने केही लगाम लागेको छ। मंसिरसम्मको तथ्यांक अनुसार गत वर्षको तुलामा ५९ प्रतिशतले बढेको छ। कात्तिकमा ६१ प्रतिशतले आयात वृद्धि भएको थियो। सतप्रतिशतले निर्यात बढेपनि निर्यातको रकम न्यून हुँदा बढ्दो चालु खाता घाटामा खासै सुधार देखिएको छैन। 

पाँच महिनाको तथ्यांकअनुसार ३ खर्ब  ६९ करोडले चालु खाता घाटामा रहेको छ। गत वर्ष चालु खाता २३ अर्बले घाटामा थियो। 

शोधानान्तर(नेपाल भित्रिने र बाहिरिने रकमको अन्तर) घाटा १ खर्ब ९५ अर्ब १ करोड पुगेको छ। कात्तिकमा यस्तो घाटा १ खर्ब ५१ अर्ब थियो। 

मंसिर मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १२ खर्ब १४ अर्ब ३ करोड रुपैयाँ बराबरको रहेको छ। यो असारको तुलनामा १३.२ प्रतिशतले न्यून हो। असारमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको सञ्चिति थियो। 

अहिलेको सञ्चितिले ७.५ महिनाको वस्तु तथा ६.८ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने राष्ट्र बैंकको अनुमान छ। पाँच महिनामा भएको आयातको तथ्यांकका आधारमा यस्तो अनुमान गरिएको हो। 

अत्यावश्यक वस्तु बाहेक पनि उपभोग्य वस्तुको आयात अनियन्त्रित भएपछि विदेशी मुद्राको सञ्चितिमाथि दबाब पर्न थालेपछि राष्ट्र बैंकले कडाइ गरिरहेको छ। भ्रमण सटहीमा कडाइ, सीमित वस्तुको आयातलाई निरुत्साहित गर्ने नीति लिएको छ। 

यो अवधिमा मूल्यवृद्धिदर भने ७.११ प्रतिशत पुगेको छ। विश्वव्यापी रुपमा मूल्यवृद्धि बढ्दै गएको छ। यसको प्रभाव नेपालमा पनि देखिँदै आएको छ। पछिल्ला महिनाहरुमा मूल्यवृद्धि निरन्तर बढीरहेको छ। 

 


प्रकाशित : बिहीबार , पुस २९ २०७८१०:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend