बुधबार, असोज २३ गते २०८१    
images
images

मेची राजमार्गको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध

images
शनिबार, असोज १२ २०८१
images
images
मेची राजमार्गको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध

वर्षाका कारण इलाम नगरपालिका-९ स्थित माईखोलामा सडकमाथिबाट ग्याबिन जालीसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो।

images
images

इलाम- मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। निरन्तरको वर्षाका कारण इलाम नगरपालिका-९ स्थित माईखोलामा सडकमाथिबाट ग्याबिन जालीसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो।

images
images
images

आज बिहान ३:३० बजे सडकमाथिबाट ढुङ्गाको पर्खाल झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले बताए। ढुङ्गाको पर्खाल झरेपछि गाडी चलाउन नसकिने अवस्था रहेको उनले बताए।

साना गाडीका लागि एकतर्फी सवारी आवतजावत खुलाउने कोसिस भइरहेको उनले बताए। ग्याबिन जालीसहितको पहिरो ठूलो भएको र लगातार लेदो सडकमा आएका कारण ठूला गाडीका लागि भने सडक खुलाउन केही समय लाग्ने ढकालले बताए। 

images

सडकखण्ड अवरुद्ध भएपछि इलामसहित, पाँचथर, ताप्लेजुङ र झापा जाने सवारीसाधन र यात्रु प्रभावित बनेका छन्।

images

पहिरोको जोखिम भएपछि प्रशासनले गएराति १० बजेदेखि आज बिहान ३ बजेसम्म सो सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो।

त्यसैगरी इलाम-दानाबारी सडकखण्डअन्तर्गत इलाम नगरपालिका-१० स्थित राजदुवालीमा माईखोलाले सडक कटान गरेपछि सो सडक अवरुद्ध भएको छ। रासस


प्रकाशित : शनिबार, असोज १२ २०८१११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend