आइतबार, मंसिर ९ गते २०८१    
images
images

तम्घास-रिडी, रुद्रबेणी-वामीटक्सार र कालीगण्डकी करिडोर अवरुद्ध

images
शनिबार, असोज १२ २०८१
images
images
तम्घास-रिडी, रुद्रबेणी-वामीटक्सार र कालीगण्डकी करिडोर अवरुद्ध
फाइल तस्बिर।

साथै कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका-४ पूर्तिघाटमा सडकमाथिबाट पहिरो खसेपछि गएरातिदेखि सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो।

images
images

गुल्मी- अविरल वर्षाका कारण तम्घास-रिडी र रिडी-रुद्रबेणी-वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ।

images
images
images

तम्घास-रिडी सडकखण्डअन्तर्गत रेसुङ्गा नगरपालिका-११ उर्लेनी, गुल्मीदरबार गाउँपालिका-४ को वीरबास र छत्रकोट गाउँपालिका-३ को लुम्छामा सडकमाथिबाट पहिरो खसेपछि गएरातिदेखि सडक अवरुद्ध बनेको हो। 

images

त्यसैगरी रिडी-रुद्रबेणी-वामीटक्सार सडकखण्डमा पर्ने सत्यवती गाउँपालिका-६ स्थित डहरेखोलामा जलसतह बढेको र चन्द्रकोट गाउँपालिका-८ को मजुवा बजार नजिकै बाघ खोलामा सडकमाथिबाट पहिरो खसेपछि शुक्रबार बेलुकीदेखि सडकसमेत अवरुद्ध बनेको हो।

images

साथै कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका-४ पूर्तिघाटमा सडकमाथिबाट पहिरो खसेपछि गएरातिदेखि सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो।

सडक अवरुद्ध भएपछि सदरमुकाम तम्घास, वामीटक्सार र कालीगण्डकीको पूर्तिघाटदेखि पाल्पा, बुटवल र काठमाडौंसम्म छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन्।

हाल सडक सञ्चालनका लागि पहल भइरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, असोज १२ २०८१११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend