मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

पहिरोका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध

images
शनिबार, असोज १२ २०८१
images
पहिरोका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध

यस्तै व्यास नगरपालिका-३ मादी पुल नजिक सडक भासिँदा उक्त खण्ड अवरुद्ध भएको छ।

images
images

तनहुँ- दुई दिनदेखि परेको अविरल वर्षाका कारण आज बिहान पहिरा जाँदा तनहुँका एक दर्जन ठाउँमा सडक अवरुद्ध भएका छन्।

images
images
images

पहिराले सडक अवरुद्ध हुँदा तनहुँको व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, शुक्लागण्डकी नगरपालिकाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्।

images
images

पृथ्वीराजमार्ग र भित्री सडकखण्डअन्तर्गतका विभिन्न ठाउँमा पहिराले सडक अवरुद्ध हुँदा सवारी साधन सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए।

images
images

उनका अनुसार पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका-१२ घाँसीकुवा, छिर्कने, बन्दीपुर गाउँपालिका-१ चिसापानी, चुनपहरा, म्याग्दे गाउँपालिका-६ मौरीओडार, भानु नगरपालिका-१ भन्सारमा सडक अवरुद्ध भएको छ।

उनका अनुसार सबै ठाउँमा पहिरा पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको छ। उनले भने, 'पानी परिरहेकाले पहिरा पन्छाएर समस्या भएको छ।'

यस्तै व्यास नगरपालिका-३ मादी पुल नजिक सडक भासिँदा उक्त खण्ड अवरुद्ध भएको छ।

मुग्लिन-पाेखरा सडक विस्तारका क्रममा यस ठाउँमा कल्भर्ट निर्माणका लागि डाइभर्सन सडक बनाइएकामा निरन्तरको पानीका कारण आज बिहान उक्त ठाउँमा सडक भासिएको हो। 

कल्भर्ट निर्माणका लागि खाल्डो खनिएको र सोही खाल्डोमा जमेको पानीका कारण त्यस ठाउँमा सडक भासिएको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : शनिबार, असोज १२ २०८१११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend