बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

ठाउँ ठाउँको पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज १२ २०८१
images
ठाउँ ठाउँको पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

नागढुङ्गा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्ण रूमा अवरुद्ध भएको छ भने उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन्।

images
images

तनहुँ- दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरा जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवा खण्ड अवरुद्ध भएको छ। आज बिहान १ः४५ बजे गएको पहिराका कारण घाँसीकुवा डुम्रे खण्ड अवरुद्ध भएको स्थानीय सुदीप गफारले जानकारी दिए।

images
images
images

उनका अनुसार शुक्रबार राति ११ः४५ बजेदेखि लेदो खसेर पहिराको जोखिम बढेको थियो। झरी परिरहेपछि १ः३० बजे सडक पहिराका कारण अवरुद्ध भएको छ। उक्त ठाउँमा गत भदौ ५ गते डाँडै खस्दा राजमार्ग अवरुद्ध भएको थियो। 

images
images

सोही ठाउँ पानी परेपछि जोखिममा रहने गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले अविरल वर्षाका कारण बाढी, पहिराजस्ता अप्रिय घटना सिर्जना भइ धनजनको क्षति हुन सक्ने भएकाले सुरक्षित रहन आग्रह गरेको छ।

images
images

नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध

चन्द्रागिरि नगरपालिका-२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ-मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। आज बिहान १२ः२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ। 

नागढुङ्गा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्ण रूमा अवरुद्ध भएको छ भने उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन्। रासस


प्रकाशित : शनिबार, असोज १२ २०८१०९:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend