काठमाडौं- निजी हवाई सेवा कम्पनी यती एयरलाइन्सले खल्तीसँगको सहकार्यमा ४ सय ५० को क्यासब्याक तुरुन्तै पाइने ‘यति धेरै क्यासब्याक’ अफर योजना ल्याएको छ।
फ्लाइट बुकिङलाई सहज बनाउने, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र यात्रुहरुलाई तत्कालै लाभ हुने सुविधा दिनका लागि यती धेरै क्यासब्याक अफर ल्याएको एयरलाइन्सले जनाएको छ।
यस अफर अन्तर्गत, फ्लाइट बुकिङ्गमा क्यासब्याक दुई चरणमा पाउने यतीले जनाएको छ। बुकिङ गर्दाको बिल रकममा १ सय ५० रुपैयाँ घट्ने र भने बाँकी रहेको ३ सय खल्ती वालेटमा क्यासब्याक स्वरूप प्राप्त हुने कम्पनीले जनाएको छ। यो अफर जनवरी ११ देखि, फेब्रुअरी १६ सम्म लागू हुनेछ।
यात्रुले क्यासब्याक पाउनका लागि यती एयरलाइन्सको एप आफ्नो गन्तव्य, मिति, यात्रुको संख्या र उमेर समूह छनौट गरी फ्लाइट गर्नुपर्ने कम्पनीले जनाएको छ।