मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

भारी वर्षाका कारण ३१ वर्षपछि खोलियो कुलेखानी ड्यामको ढोका

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज १२ २०८१
images
भारी वर्षाका कारण ३१ वर्षपछि खोलियो कुलेखानी ड्यामको ढोका
images
images

काठमाडौं- अविरल वर्षाका कारण ३१ वर्षपछि कुलेखानी ड्यामकाे ढाेका खाेलिएकाे छ। अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५:४० बजे ड्यामको ढोका खोलिएको हाे।

images
images
images

यसअघि २०५० सालमा कुलेखानी ड्यामको ढोका खोलिएको थियाे। 

images
images

नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रुपमा रहेको जलाशय शनिबार बिहान भरिएको थियो। जलाशयको भन्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ। अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी संकलन गरिएको थियो। 

images
images

अहिले प्रतिसेकेन्ड ३ सय क्युसेक पानी फालिएको प्राधिकरणले जनाएकाे छ।

गत वर्ष कुलेखानी जलाशय भरिएको थिएन अहिलेको असाेजमा आएर भरिएको छ। गत वर्ष कुलेखानी जलाशयमा एक हजार ५ सय २६ मिटरमात्र पानी संकलन भएको थियो।

कुलेखानी जलाशय भरिएको अवस्थामा पानी खपत गर्न कुलेखानीका तीन वटै विद्युत् गृह सञ्चालन गरिएको छ। कुलेखानी जलविद्युत् आयोजनाबाट १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ।


प्रकाशित : शनिबार, असोज १२ २०८१०८:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend