मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँबराबरको स्मार्टफोन आयात

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ११ २०८१
images
दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँबराबरको स्मार्टफोन आयात

नेपालबाट बढी निर्यात हुनेमा कार्पेट, चिया, जुट, धागोलगायतका वस्तु छन्। विभागका अनुसार साउन र भदौ महिनामा सबैभन्दा धेरै एक अर्ब ९९ करोड ९६ लाख सात हजार बराबरको कार्पेट निर्यात भएको छ।

images
images

काठमाडौं- भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख ५८ हजार रुपैयाँ बराबरको चार लाख ५४ हजार नौ सय ५८ थान स्मार्टफोन आयात भएको हो।

images
images
images

यस अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ। विभागका अनुसार ११ अर्ब ६ करोड ५२ लाख ४ हजार बराबरको पेट्रोल आयात भएको छ भने १३ अर्ब ६४ करोड ५२ लाख ५० करोड बराबरको डिजेल आयात भएको छ। 

images
images

त्यस्तै, एलपी ग्यास ९ अर्ब ४२ करोड ५६ लाख ८५ हजार बराबरको आयात भएको छ। उक्त अवधिमा सवारी साधनको आयात पनि उच्च देखिएको छ।

images
images

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २ अर्ब ९४ करोड बराबरको मोटरसाइकल र २ अर्ब ४३ करोड २१ लाख २६ हजार बराबरको विद्युतीय सवारी आयात भएको छ।

नेपालबाट बढी निर्यात हुनेमा कार्पेट, चिया, जुट, धागोलगायतका वस्तु छन्। विभागका अनुसार साउन र भदौ महिनामा सबैभन्दा धेरै एक अर्ब ९९ करोड ९६ लाख सात हजार बराबरको कार्पेट निर्यात भएको छ।

त्यस्तै एक अर्ब १४ करोड २४ लाख ३२ हजार बराबरको चिया निर्यात भएको छ। जुट, धागो, जुसलगायतका वस्तु बढी निर्यात हुनेमा रहेका छन्। 

चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवाती दुई महिनामा कुल दुई खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख २८ हजार बराबरको वैदेशिक व्यापारमा नेपालले दुई खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख २३ हजार बराबर व्यापार घाटा व्यहोरेको छ।

साउन र भदौ महिनामा दुई खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार बराबरको आयात हुँदा २५ अर्ब ९ करोड ३१ लाख तीन हजार बराबरको मात्रै निर्यात भएको छ। रासस


प्रकाशित : शुक्रबार, असोज ११ २०८११८:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend