शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सेयर बजारमा नयाँ बुलको संकेत, बजार बढ्दो ट्रेन्डमा हो?

images
बिहीबार , पुस २९ २०७८
images
सेयर बजारमा नयाँ बुलको संकेत, बजार बढ्दो ट्रेन्डमा हो?
images
images

काठमाडौं- लगानीकर्ताको मनोबल उच्च हुन थालेपछि सेयर बजार लगातार बढ्न थालेको छ। केही सातायता सेयर बजार बढ्ने ट्रेन्डमा देखिएको छ। 

images
images
images

यो साता पनि आइतबारदेखि मंगलबारसम्म लगातार बढेको सेयर बजारमा बुधबार मात्रै केही करेक्सन आएको थियो। तर साताको अन्तिम दिन बिहीबार पुन सेयर बजारमा उछाल आएको छ। बिहीबार हाइड्रोको सेयरमा लगनीकर्ता झुम्मिएका छन्। 

images
images

बजार बिहीबार ५४.१२ अंकले बढेर २८५७.७५ बिन्दुमा पुगेको हो। बिहीबार १ करोड १८ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड ९७ लाख रूपैयाँको कारोबार भएको छ।

images
images
nepse 1.PNG

यसअघि आइतबार ७३.०५ अंकले बढेको बजार सोमबार १९.३४ अंकले बढेको थियो। मंगलबार ४९.१९ अंकले बढेर २८३४.१३ अंक पुगेको थियो। बुधबार भने ३०.५१ अंकले घटेर २८०३.६२ बिन्दुमा झरेको थियो। बुधबार १ करोड ६१ लाख कित्ता सेयर कारोबार हुँदा ८ अर्ब ३३ लाख रूपैयाँको कारोबार भएको थियो। झन्डै दुई साता अगाडिदेखि बढिरहेको सेयर बजार बढिरहेको छ।

बिश्लेषकहरूले बजार ३२ सय भन्दा माथी बताइरहदाँ बजार लगातार बढिरहेको छ। बैंकमा तरलता संकट हट्न थालेसंगै सेयर बजारमा पनि उकालो यात्रामा लागेको हो। विश्लेषकहरूले नयाँ बुल सुरु भएको संकेत समेत गरेका छन्। 

बैंकलाई तिर्ने किस्ता र ब्याजको दबाबबीच पुस अन्तिम साता सेयर बजार लगातार उकालो लागेको थियो। बैंकमा लगानीयोग्य रकम बढ्न थालेपछि सेयर बजारमा प्रभाव परेको छ।  


प्रकाशित : बिहीबार , पुस २९ २०७८०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend