मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

बिपी राजमार्ग एकतर्फी सञ्चालन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ११ २०८१
images
images
बिपी राजमार्ग एकतर्फी सञ्चालन

पहिरो खसेको ठाउँमा लेदो आउनेक्रम जारी रहेकाले सवारीसाधन नियमित रुपमा सञ्चालन गर्न र सहजीकरणका लागि आवश्यक जनशक्ति खटिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

images
images

काभ्रेपलाञ्चोक- बिहीबार बेलुकादेखि परेको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-७ चारसयबेंसीमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ।

images
images
images

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार अविरल वर्षासँगै आएको लेदोसहितको पहिरोले आज बिहान आधा घण्टा सडक दुईतर्फी रुपमा अवरुद्ध भएको थियो।

images
images

अवरुद्ध सडक सञ्चालन गर्न प्रहरी, स्थानीय जनप्रतिनिधि र सडक विभागको प्रतिनिधिको सक्रियतामा एकतर्फी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। 

images
images
images

पहिरो खसेको ठाउँमा लेदो आउनेक्रम जारी रहेकाले सवारीसाधन नियमित रुपमा सञ्चालन गर्न र सहजीकरणका लागि आवश्यक जनशक्ति खटिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, असोज ११ २०८११२:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend