काठमाडौं- नेपाल राष्ट्र बैंकले नोट गन्नका लागि ६ वटा ‘नोट काउन्टिङ मेसिन’ खरिद गर्ने भएको छ। राष्ट्र बैंकले १० लाख १३ हजार ६ सय १० रुपैयाँमा नोट काउन्टिङ मेसिन खरिद गर्न लागेको हो।
मेसिन खरिदका लागि बैंकले राज ट्रेडिङ कन्सर्न छनोट गरेको छ। कम्पनी छनोटसँगै राष्ट्र बैंकले सम्झौता गर्न आउन भन्दै आशय पत्र जारी गरेको हो।