बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

धितोपत्र बोर्डको कार्यकारी जिम्मेवारी लिएर सिन्को नभाँच्ने तर विदेश भ्रमण नछाड्ने महेश बराल, फेरि जाम्बिया जाँदै

शुक्रबार, असोज ११ २०८१
धितोपत्र बोर्डको कार्यकारी जिम्मेवारी लिएर सिन्को नभाँच्ने तर विदेश भ्रमण नछाड्ने महेश बराल, फेरि जाम्बिया जाँदै

बोर्डका फाइल अघि बढाउने सवाल आउँदा मैले बुझेको छैन भनेर पन्छिने तर विदेश भ्रमण भन्नेवित्तिकै उछिट्टिएर जान खोज्ने प्रवृत्ति बरालमा देखिएको अर्थकै कतिपय कर्मचारी बताउँछन्।

काठमाडौं- पुँजी बजारको नियामक धितोपत्र बोर्डको कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी पाएका सहसचिव महेश बरालले संस्थाको काम नगरेपनि विदेश घुम्न भने जस्तोसुकै भ्रमण पनि छाड्दैनन्। 

बोर्डको कोर जिम्मेवारीमा रहेकाहरू जानुपर्ने सेमिनारमा पनि मौका पर्दा आफै जाने गरेका छन्। तर बोर्डको कामकाज गर्नुपर्दा भने भविष्यमा आफूले गर्न नपर्ने तर अहिले नबुझेको भन्दै ठप्प पारेका छन्। 

गएको साउन ३ गते बोर्डको अध्यक्षको जिम्मेवारी पाएका बरालले अघि बढाउनुपर्ने काममा रुचि दिएका छैनन्। बोर्डमा अहिले पनि दर्जनौँ कम्पनीका सार्वजनिक निष्कासनसँग सम्बन्धित फाइल पेन्डिङ रहेका छन्। काम नगर्ने तर विदेश भ्रमण नछाड्ने उनको प्रवृत्ति देखिएको छ। यसम अर्थमन्त्रालय पनि सहयोगी देखिएको छ। 

इन्टरनेशनल स्वाप तथा डेरिभेटिभ एसोसिएसन आयोजना गर्ने वर्कसपमा बराल श्रीमतीसहित जान लागेका हुन्। मंगलबार बराल एकजना कार्यकारी निर्देशकसहित जान लागेका हुन्। 

उदीयमान बजारमा डेरिभेटिभ बजारको किफायति सञ्चालनका लागि नीतिगत व्यवस्थाका सन्दर्भमा हुने उक्त वर्कसपमा बराल आफै जान लागेका हुन्। जब कि यो कार्यक्रममा कार्यकारी निर्देशकमात्र गए हुने खालको हो। 

काम पर्दा आफू पार्टटाइम अध्यक्ष भएकाले दिर्घकालीन फाइल सदर नगर्ने बताउने र बुझेर पनि फाइदा नहुने जवाफ दिने उनी विदेश भ्रमणको लोभमा यस्तो सेमिनारमा पनि सहभागी हुन लागेका हुन्। 

यसमा अर्थ मन्त्रालय पनि उनीप्रति उदार देखिएको छ। सामान्यतया राजस्व सचिवले यस्तो भ्रणको तालिकामा सेन्सर गर्नुपर्ने हो तर दिनेश घिमिरे यसमा निकै उादर देखिएका छन्। 

पुँजी जुटाएर व्यवसाय विस्तारको योजनामा रहेका व्यवसायीहरू आफ्नो फाइलका बारेमा हुने निर्णयको पर्खाइमा छन् भने अर्कोतिर नौ महिनादेखि बोर्डमा पार्टटाइम अध्यक्षले चलेको छ। नयाँ अध्यक्ष नियुक्त नभएको अवस्थामा अर्थ मन्त्रालयले अध्यक्ष पठाउने व्यवस्थाअनुसार पछिल्लो समय बराल अध्यक्ष छन्। 

यसअघि कर्मचारी आन्दोलन चर्किएर अशान्त बनेकै भारतीय धितोपत्र बजारको नियामक सेबीको निमन्त्रणमा बरालकै नेतृत्वमा १० सदस्यीय  टोली गएको थियो। 

पार्टटाइम अध्यक्षको रुपमा बरालले पछिल्लो दुई महिनादेखि जिम्मेवारी लिएका छन्। उनले यो बीचमा एउटा कम्पनीलाई लाइसेन्स दिनेबाहेक अरु कुनै पनि काम गरेका छैनन्। बोर्डको अध्यक्षको जिम्मेवारी पाएदेखि बरालले नियमित फाइल बढाउन चासो दिएका छैनन्।

शक्ति केन्द्रको स्वार्थ र निर्देशनबाहेक नियमित काम नगर्ने यसअघिका अध्यक्षको जिम्मेवारी पाएका नरेन्द्र राणाजस्तै काममात्र बरालले पनि गरेका छन्। 

बोर्डका फाइल अघि बढाउने सवाल आउँदा मैले बुझेको छैन भनेर पन्छिने तर विदेश भ्रमण भन्नेवित्तिकै उछिट्टिएर जान खोज्ने प्रवृत्ति बरालमा देखिएको अर्थकै कतिपय कर्मचारी बताउँछन्। 


प्रकाशित : शुक्रबार, असोज ११ २०८११०:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend