मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

कुल जनसंख्याको ३७.८ प्रतिशतले लाए पूर्ण मात्रा खोप, नेपालसँग अझै १ करोड २४ लाख खोप स्टकमा

लक्षित जनसंख्याको ५७.६ प्रतिशतले पूर्ण र ७६.९ प्रतिशतले लगाए पहिलो मात्रा खोप

images
बिहीबार , पुस २९ २०७८
images
images
कुल जनसंख्याको ३७.८ प्रतिशतले लाए पूर्ण मात्रा खोप, नेपालसँग अझै १ करोड २४ लाख खोप स्टकमा
तस्बिर : रासस

लक्षित जनसंख्या (१८ वर्ष वा सोभन्दा माथि) १ करोड ९९ लाख २२ हजार १ सय ६४  रहेको मध्ये ५७.६ प्रतिशतले पूर्णमात्रा खोप लगाइसकेका छन। लक्षित  जनसंख्याको ७६.९ प्रतिशतले भने एक मात्रा खोप लगाइएको मन्त्रालयको भनाइ छ।

images
images

काठमाडौं-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न देश, संघ संस्थाको सहयोग र खरिद गरी पुस २८ गतेसम्म ३ करोड ९२ लाख ३ हजार ९ सय २७  डोज खोप नेपाल आइसकेको छ।

images
images

अहिलेसम्म २ करोड ६७ लाख ९९ हजार ७ सय २४ मात्रा खोप लगाइसकेको मन्त्रालयले जनाएको छ। जसमध्ये कम्तिमा १ डोज मात्रै लगाउनको संख्या १ करोड ५३ लाख ३० हजार ४६ जना र पूर्ण मात्रा खोप लगाउनेको संख्या १ करोड १४ लाख ६९ हजार  ६ सय ७८ जना रहेका छन्।

images
images

मन्त्रालयका अनुसार लक्षित जनसंख्या (१८ वर्ष वा सोभन्दा माथि) १ करोड ९९ लाख २२ हजार १ सय ६४  रहेको मध्ये ५७.६ प्रतिशतले पूर्णमात्रा खोप लगाइसकेका छन। लक्षित  जनसंख्याको ७६.९ प्रतिशतले भने एक मात्रा खोप लगाइएको मन्त्रालको भनाइ छ।

images
images
images

यसैगरी कुल जनसंख्यामा हिसाब गर्ने हो भने ३७.८ प्रतिशतले पूर्णमात्रा खोप र ५०.५ प्रतिशतले एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ। 

मन्त्रालयका अनुसार अझै नेपालसँग १ लाख २४ लाख ४ हजार  २ सय ३ मात्रा खोप रहेको छ। नेपालले अहिले कोसिल्ड, फाइजर, भेरोसेल, मोर्डना र जोनसन एण्ड जोनसनको खोप लगाउँदै आएको छ।

अहिले सरकारले खोप अभियानलाई तिब्रता दिएको छ। मन्त्रालयका अनुसार अहिले दैनिक २ लाखभन्दा बढीले खोप लगाइरहेका छन्। सरकारले पनि माघ ३ गतेपछि सरकारी सेवा लिनेदेखि भिडभाड हुने क्षेत्रमा खोपकार्डलाई अनिवार्य गर्न लागेको छ।


प्रकाशित : बिहीबार , पुस २९ २०७८०८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend