मंगलबार, कात्तिक २० गते २०८१    
images
images

समग्रमा ९० अंकले घटेको सेयर बजारमा यो साता पनि ओरालो गति नै बढी, आउने साता फर्किएला?

images
बिहीबार , असोज १० २०८१
images
images
समग्रमा ९० अंकले घटेको सेयर बजारमा यो साता पनि ओरालो गति नै बढी, आउने साता फर्किएला?
images
images

काठमाडौं- यो साता उतारचढावपूर्ण अवस्थामा सेयर बजार ओरालोतिर नै देखिएको छ। आइतबार ११.५८ अंकले बढेर सोमबार ५९.०२ र मंगलबार ५८.९३ अंकले घटेको बजार बुधबार ४९.१८ अंकले बढेको थियो। तर बिहीबार पुन: बजार ओरालोतिर नै लागेको छ। समग्रमा यो साता बजार ९० अंकले घटेको छ। 

images
images
images

बिहीबार ३२.८१ अंकले घटेर बजार २४८६.७६ बिन्दुमा झरेको छ। ३९ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ। २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३४ अंकले ओरालो लागेर ७४७.४५ मा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये दुईवटा उपसमूहको सेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको सेयर मूल्य भने ओरालो लागेको छ।

images

नेप्सेका अनुसार विन नेपाल लघुवित्त ९.८५, बोटलर्स नेपाल बालाजु ५.०६, एसबिएल डिवेञ्चर ५.०५, एनआइसी एसिया डिवेञ्चर ४.५६ र एनएमबी डिवेञ्चरका लगानीकर्ताले ४.०३ प्रतिशतले कमाएका छन्।

ग्रीन भेञ्चर्स १०, दोर्दी खोला हाइड्रोपावर ७.६९, अपि पावर कम्पनी ७.४६, थ्री स्टार हाइड्रोपावर ६.७३ र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले ६.६७ प्रतिशतले गुमाएका छन्। 

भदौ महिनाभर कमजोर देखिँदै ४२०.०५ अंकले घटेको सेयर बजार असोज महिनामा वृद्धितर्फ नै लाग्ने लगानीकर्ताको अपेक्षा रहेको छ। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोजमा उचाइतर्फ फर्कने आँकलन भइरहँदा बजार धिमा गतिमा नै देखिएको छ। असोज चाडबाडको महिना भएकाले पनि बजारको गति आँकलन गर्न सहज छैन।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने संकेतहरू रहेको विश्लेषकहरूले बताइरहेका छन्। तर सबै सूचकहरूले साथ दिएको बताइए पनि बजार अपेक्षाकृत उचाइतर्फ बढ्न सकेको छैन। पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। 

कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा 'बाउन्स ब्याक' हुने अपेक्षा लगानीकर्ताले राखेका छन्। बजारमा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा नै देखिन्छन्। बजार 'बाउन्स ब्याक' हुने अवस्था रहेको विश्लेषकहरूले बताइरहँदा आधार भने यकिन छैन। अहिलेको अवस्थामा बजारप्रति लगानीकर्ताहरू विश्वस्त हुन सकेका छैनन्। 


प्रकाशित : बिहीबार , असोज १० २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend