शनिबार, साउन १२ गते २०८१    
images
images
images

बुद्ध एयरको सर्वेक्षण: ९५ प्रतिशत यात्रु कोरोनाविरुद्धको खोप लगाएका 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २९ २०७८
images
images
बुद्ध एयरको सर्वेक्षण: ९५ प्रतिशत यात्रु कोरोनाविरुद्धको खोप लगाएका 

सरकारले आन्तरिक उडानमा पनि खोप अनिवार्य हुनुपर्ने निर्णय गरेको छ। यो निर्णय लागू हुँदा पनि उडान प्रभावित नहुने देखिएको छ। 

images

काठमाडौं- जहाजबाट यत्रा गर्नेहरू अधिकांश खोप लगाएका पाइएको छ। नेपालभित्रै एक ठाउँबाट अर्को ठाउँमा जहाजबाट जाने यात्रुहरू अधिकांश कोरोना विरुद्धको खोप लगाएका  हुने गरेका छन्। 

images
images

बुद्ध एयरले आफ्ना यात्रुमा गरेको एक सर्वेक्षण अनुसार ९५ प्रतिशत खोप लगाएका यात्रु पाइएका छन्। बुद्ध एयरले उडान गरिरहेका गन्तव्यमा १८९५ यात्रुहरूमाथि गरेको सर्वेक्षणमा १७९३ जना यात्रुहरूले खोप लगाएका पाइएको थियो। 

images

सरकारले आन्तरिक उडानमा पनि खोप अनिवार्य हुनुपर्ने निर्णय गरेको छ। यो निर्णय लागू हुँदा पनि उडान प्रभावित नहुने देखिएको छ। 

यात्रुमा गरिएको सर्वेक्षणमा खोप लगाएका धेरै पाइएको र उडान दलका कर्मचारी तथा एयरलाइन्सका कर्मचारी सबैले खोप लगाएकाले उडान सुरक्षित हुने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए।  

images

आफूहरूले पूर्ण सावधानीका साथ सेवा दिइरहेकाले सेवा निरन्तर हुने उनको भनाइ छ। 

'पहिलोपटक संक्रमण हुँदा उडान बन्द भएपछि हामीलाई पनि त्रास थियो । जानकारी थिएन । यसमा अध्ययन भएको थिएन। हामीले यसअघि दुईपटक उडान बन्द पनि गरेका छौं। तर अब त्यसरी हुँदैन । हामीसँग तथ्यांक पनि छ । अब हामीसँग अनुभव पनि भएको छ । पूर्ण सावधानीका साथ हामी हवाईसेवा सञ्चालन गरिरहेका छौं' उनले भने। 

 पहिलो लकडाउनको समयमा बुद्ध एयरले कोरोना विरुद्ध निर्देशिका बनाएर पूर्वाभ्याससमेत गरेको थियो। आफ्ना सबै कर्मचारीलाई विश्व स्वास्थ्य संगठन तथा नागरिक उड्डयन प्राधिकरणको निर्देशिका अनुसार सम्पूर्ण सुरक्षाका उपायका अपनाएर पिपिई, मास्क तथा तालिम प्रदान गरेको थियो। त्यस्तै संक्रमण रहित सरसफाइका लागि फग मेसिन, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका केमिकलको प्रयोग निरन्तर भइरहेको बस्नेतले बताए। उनले हरेक उडानपूर्व जहाजको सरसफाईलाई अनिवार्य बनाएको बताए।

'हवाई उडान संक्रमण रहित भएको विभिन्न अध्ययनबाट पनि पुष्टि भएको छ। एटीआर जहाजमा प्रत्येक तीन मिनेटमा पुरानो हावा विस्थापित हुँदै स्वच्छ हावा प्रवाह हुने गरेको छ। हावाको वहाव संक्रमण रहित हुने गरेको एटीआर कम्पनीले पुष्टि गरिसकेको छ' वस्नेतले भने 'हाम्रो उडान संक्रमण रहित छ, यहाँहरू ढुक्कका साथ उडान गर्नसक्नुहुन्छ।'


प्रकाशित : बिहीबार , पुस २९ २०७८०७:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend