बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

साउनमा मूल्यवृद्धि ४.१० प्रतिशतमा झर्‍यो

बिहीबार , असोज १० २०८१
साउनमा मूल्यवृद्धि ४.१० प्रतिशतमा झर्‍यो

काठमाडौं- चालु आर्थिक वर्षको साउन महिनामा उपभोक्तामा आधारित मुद्रास्फीति ४.१० प्रतिशतमा आएको छ। गत आर्थिक वर्षको यसै अवधिमा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत रहेको थियो।  

यस अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ६.१७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ। गत वर्षको यसै अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ८.९० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.६२ प्रतिशत रहेको थियो।

यस अवधिमा सहरी क्षेत्रतर्फको मुद्रास्फीति ४.०३ प्रतिशत रहेको छ। 

यस्तै प्रदेशतर्फ कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत, मधेश प्रदेशको ४.१७ प्रतिशत, बागमती प्रदेशको ३.४९ प्रतिशत, गण्डकी प्रदेशको ३.८० प्रतिशत, लुम्बिनी प्रदेशको ३.८१ प्रतिशत, कर्णाली प्रदेशको ३.४६ प्रतिशत र सुदूरपश्चिमको प्रदेशको ६.५९ प्रतिशत रहेको छ।

यस अवधिमा काठमाडौं उपत्यकाको मुद्रास्फीति ३.६२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै यस अवधिमा थोक मुद्रास्फीति ३.६६ प्रतिशत रहेको छ। गत अगष्ट महिनामा भारतको मुद्रास्फीति ३.६५ प्रतिशत रहेको थियो।

राष्ट्र बैंकले साउनबाट मुद्रास्फीति गणनाका लागि आधार वर्ष परिवर्तन गर्दै २०८०/८१ कायम गरेको छ। यसअघि २०७०/७१ को आधारमा राष्ट्र बैंकले मुद्रास्फीति गणना गर्दै आएको थियो। 

यसअघि मुद्रास्फीति मापनका लागि ४ सय ९६ वस्तुहरुको डालो रहेकोमा यसलाई बढाएर राष्ट्र बैंकले ५ सय २५  पुर्‍याएको छ। 

विगतमा ५० जिल्लामा ६० बजार केन्द्र रहेकोमा हाल यसलाई बढाएर ७७ जिल्लामा ८७ बजार केन्द्रका आधारमा मूल्य संकलन गरिने राष्ट्र बैंकले जनाएको छ। चालु आर्थिक वर्षबाट राष्ट्र बैंकले प्रदेशगत रुपमा पनि मुद्रास्फीतिको तथ्यांक प्रकाशन सुरु गरेको छ।


प्रकाशित : बिहीबार , असोज १० २०८११३:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend