बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

रेमिट्यान्समा वृद्धि र आयातमा गिरावटले शोधनान्तर स्थिति ४० अर्बले बचतमा, १३.५ महिनाको आयात धान्न पर्याप्त सञ्चिति

बिहीबार , असोज १० २०८१
रेमिट्यान्समा वृद्धि र आयातमा गिरावटले शोधनान्तर स्थिति ४० अर्बले बचतमा, १३.५ महिनाको आयात धान्न पर्याप्त सञ्चिति

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नै शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा चालु खाता बचतमा रहेको छ।

गत वर्षको यसै अवधिमा चालु खाता १३ अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको थियो भने शोधनान्तर स्थितिमा ३६ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको थियो। 

साउनमा करिब १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको र आयात १ खर्ब २८ अर्बमात्रै भएकाले सरकारको बाह्य क्षेत्रमा उल्लेखीय सुधार देखिएको हो।

समीक्षा अवधिमा वस्तु आयात ०.६ प्रतिशत र निर्यात ९.६ प्रतिशतले घटेको छ। शोधनान्तर स्थिति गत वर्षदेखि निरन्तररुपमा बचतमा रहेकाले चालु आर्थिक वर्षको साउनमा विदेशी मुद्राको सञ्चिति १५ अर्ब ५८ करोड डलरले बचतमा रहेको छ।

उक्त सञ्चितिले १३.५ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ। उक्त सञ्चितिले १६.७ महिनाको वस्तुको आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित : बिहीबार , असोज १० २०८११३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend