बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

चालु आवको पहिलो महिनामै भित्रियो १ खर्ब ३६ अर्ब ९३ करोड रेमिट्यान्स

बिहीबार , असोज १० २०८१
चालु आवको पहिलो महिनामै भित्रियो १ खर्ब ३६ अर्ब ९३ करोड रेमिट्यान्स

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो।

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना साउनमा रेमिट्यान्स आप्रवाह बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार विप्रेषण आप्रवाह १८.० प्रतिशतले वृद्धि भइ १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो। 


प्रकाशित : बिहीबार , असोज १० २०८११३:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend