शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

सुरक्षामा फाइभ स्टार पाएको पन्च ईभी : डिजाइन र विशेषताले भरिपूर्ण, मासमार्केट ‘लिडर’ बन्दै

देशभरबाट डेलिभरी, सर्भिसमा सिप्रदीको अनवरत साथ

images
शुक्रबार, असोज ११ २०८१
images
images
सुरक्षामा फाइभ स्टार पाएको पन्च ईभी : डिजाइन र विशेषताले भरिपूर्ण, मासमार्केट ‘लिडर’ बन्दै

९० किलोवाट पिक पावरयुक्त मोटर भएको पन्च ईभीले १ सय ९० एनएम टर्क जेनेरेट गर्छ। यो कारमा इको, सिटी र स्पोर्ट गरि तीनवटा ड्राइभिङ मोड छन्।

images
images

काठमाडौं- नेपाली प्यासेन्जर कार बजारमा विद्युतीय कार मेन स्ट्रिम बनिसकेको छ। जति पनि सवारी बिक्रीमा चासो राख्ने व्यावसायिक घराना छन् वा नयाँ व्यवसायी छन्, उनीहरूको ध्यान विद्युतीय सवारी आयातकर्ता बन्नेमै केन्द्रित छ। 

images
images
images

हाल नेपाली बजारमा ३ दर्जनभन्दा बढी ब्रान्डका विद्युतीय कार उपलब्ध रहेका छन्। अधिकांश ब्रान्डले आफ्नो अस्थित्व जोगाउन प्रयत्न गरिरहेका छन्। युरोपेली, अमेरिकी, कोरियन तथा जापानी ब्रान्डहरूसँग नेपालमा विद्युतीय कार कम छ यात तुलनात्मक रुपमा महँगो छ। सोहीकारण नेपाली बजारमा चिनियाँ विद्युतीय सवारीको बोलवाला छ। यसमा टाटा मोटर्सले अपवाद बनेर आफूलाई अब्बल दर्जामा उभ्याउन सफल भएको छ। 

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभी ल्याएर विद्युतीय कार बिक्री सुरु गरेको थियो। नेक्सनपछि टिगोर ईभी, टियागो ईभी र पछिल्लो पटक पन्च ईभी ल्याएर बिक्री गरिरहेको छ। सहरी सार्वजनिक यातायातको रुपमा रहेको ट्याक्सी पनि सिप्रदीले बिक्री गरिरहेको छ। एक्सप्रेस टी ईभी ट्याक्सीले सहरी यात्रुलाई प्रदूषणरहित विलासी यात्रा गराइरहेको छ। एक्सप्रेस टीको पर्फमेन्स पनि अब्बल नै रहेको छ। 

images

सुरुमा नेक्सन ईभीले धेरै ईभी प्रेमीको मन जितेको थियो। त्यसपछि २०२३ को नाडा अटो शोमा आएको टियागो ईभीले सहरी उपभोक्तलाई एकल रुपमै लोभ्याइ रहेको छ। छरितो कार र अब्बल दर्जाको सर्भिसका कारण टियागो ईभी नेपाली बजारमा एक वर्षमै २ हजारभन्दा धेरै उपभोक्ताको रोजाइमा पर्न सफल भयो। 

images

त्यस्तै नाडा अटो शो २०२४ मा सिप्रदीले टाटाको बहुप्रतिक्षित पन्च ईभी सार्वजनिक गरेको हो। एसयूभी सेगमेन्टको यो विद्युतीय कारको पर्खाइमा धेरै उपभोक्ता थिए। आकर्षक डिजाइन, उत्कृष्ट विशेषता र नवीन ईभी प्लेटफर्ममा बनेकाले यो ईभी निक्कै राम्रो छ। 

birgunj bhansar gadi.jpg

पन्च ईभी सार्वजनिक गर्नुपूर्व सिप्रदीले नेपालका सबै खाले रोडमा हजारौँ किलोमिटर चलाएर रियल वल्र्ड परीक्षण गरेको थियो। नेपालको विभिन्न भूभागमा गरेको परीक्षणअनुसार पन्च ईभीले २७० देखि २९० किलोमिटरसम्मको रेन्ज दिएको थियो। सोही आधारमा सिप्रदीले पन्च ईभीले २ सय ९० किलोमिटरसम्म रेन्ज दिने बताएर बिक्री गरिरहेको छ।  

आकर्षक डिजाइन र विशेषताले भरिएको र ‘भ्यालू फर मनी’ दिने यो कार नाडामा पुग्ने धेरैको रोजाइ र चासोमा परेको थियो। राम्रो ग्राउन्ड क्लियरेन्स, उपयुक्त मूल्य र नेपाली बाटोका लागि आवश्यक सबै विशेषता भएकाले पन्च ईभी खरिद गर्नेहरू बढ्दै गइरहेको सिप्रदी ट्रेडिङ प्रालिका प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापतीले बताए। 

सिप्रदीले हालै देशका सबै मुख्य सहरमा पन्च ईभी सार्वजनिक गरेर बिक्री सुरु गरिसकेको छ। कम्पनीले बिर्तामोडदेखि धनगढी हुँदै पोखरा र सुर्खेतसम्म पन्च ईभीको बिक्री सुरु गरिसकेको छ। पन्च ईभीको मूल्य पनि सिप्रदीले निक्कै आकर्षक राखेको छ। टाटा पन्च ईभी सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

पन्च ईभीका मुख्य विशेषता

पन्च ईभी उत्कृष्ट एक्टडटईभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च ईभी अत्याधुनिक प्रविधियुक्त छ। १६ इन्च एलआरआर टायर, १ सय ९० एमएम ग्राउन्ड क्लियरेन्सको साथ पन्च ईभीमा २५ किलोवाट आवर (एमआर) र ३५ किलोवाट आवर (एलआर) दुई भिन्न ब्याट्री प्याकमा उपलब्ध छ। 

यसका साथै पन्च ईभीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३ सय ६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ। पन्च ईभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिइएको छ। पन्च ईभीले २७० देखि २९० किलोमिटरसम्मको रेन्ज रियल वल्र्डमा दिन्छ। 

पन्च ईभीको लम्बाई ३८ सय ५७ एमएम, चौडाई १७ सय ४२ एमएम र उचाई १६ सय ३३ एमएम रहेको छ। यसको ह्वीलबेस २४ सय ४५ एमएम छ भने यसको ग्राउन्ड क्लियरेन्स १ सय ९० एमएम छ। ३ सय ६६ लिटरको बुट स्पेस रहेको पन्च ईभीको टर्निङ रेडियस ५ मिटर हो। 

९० किलोवाट पिक पावरयुक्त मोटर भएको पन्च ईभीले १ सय ९० एनएम टर्क जेनेरेट गर्छ। यो कारमा इको, सिटी र स्पोर्ट गरि तीनवटा ड्राइभिङ मोड छन्। 

पन्च ईभीमा ठूलो आकारको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टमसहित एप्पल कारप्ले, एन्ड्रोइड र इन कार कनेक्टेड टेक रहेका छन्। त्यस्तै अन्य विशेषताहरूमा टू स्पोक फ्याट बटन स्टेरिङ ह्वील, पूर्णडिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ३६० डिग्री क्यामेरालगायन छन्।

birgunj bhansar gadi.jpg

फाइभ स्टार सेफ्टी रेटिङ पाएको पन्च ईभी

भारत एनसीएपी परीक्षणमा टाटाको एसयूभी पन्च ईभीले फाइभ स्टार रेटिङ पाएका हो। टाटा पन्च ईभीले बयस्कको लागि तय भएको ३२ अंकमा ३१.४६ अंक ल्याउन सफल भएको छ भने बालबालिकाका लागि तय भएका ४९ अंकमा पन्च ईभीले ४५ अंक पाएको हो।

अगाडिको ब्यारियर टेस्टमा पन्च ईभीले १६ मा १४.२६ अकं पायो भने साइड मुभेवल डिफर्मेबल ब्यारियर टेस्टको २४ अकंमा २३.९५ अंक पाएको हो। चाइल्ड रेस्टरेन्टमा १२ मा १२ र भेहिकल एसिसमेन्टमा १३ मा ९ अकं पाएको हो।

५ सिट क्षमताको पन्च ईभीमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोलसहितको एन्टिलक ब्रके, आईएसओफिक्स चाइल्ड सिट माउन्टस्, सबै सिटमा थ्री प्वाइन्ट सिटबेल्टलगायत विशेषताहरू रहेका छन्।

birgunj bhansar gadi.jpg

सर्भिसमा सिप्रदीको अनवरत साथ

सिप्रदीले ४० वर्षभन्दा लामो समयदेखि नेपाली बजारमा टाटाका गाडी बिक्री गर्दै आएको छ। २००० देखि टाटाका प्यासेन्जर कार पनि नेपाली बजारमा बिक्री भइरहेका छन्। २०२१ सेप्टेम्बरमा सिप्रदीले पहिलो पटक टाटाको विद्युतीय कार नेक्सन ईभी नेपाली बजारमा ल्याएर बिक्री थालेको थियो। 

त्यसयता सिप्रदी ईभी बिक्रीमात्र नभइर समग्र ईभीको इकोसिस्टम निर्माणमा काम गरिरहेको छ। चार्जिङ पूर्वाधार निर्माण, ईभी डेडिकेटेड सर्भिस सेन्टर तथा ब्याट्री डायग्नोस र रिपेयर सेन्टर समेत बनाइसकेको छ। हाल नेपालमा विद्युतीय कार बिक्री गर्नेमा सबैभन्दा धेरै सर्भिस तथा चार्जिङ नेटकर्व सिप्रदीसँगै छ। 

हालसम्म सिप्रदीले २६ वटा डीसी फास्ट (जसमा २ वटामा २ वटा गन छन्) बनाएको छ। यो संख्या विद्युत प्राधिकरण पछि निजी क्षेत्रबाट बनेको सबैभन्दा धेरै हो। त्यस्तै सिप्रदीले १ सय ४० वटा एसी फास्ट चार्जर पनि निर्माण गरेर सञ्चालन गरेको छ। सबैजसो ठूला राजमार्गमा टाटाको चार्जिङ स्टेसन सञ्चालनमा छन् भने यसलाई बढाउँदै जाने योजना कम्पनीले बनाएको छ।


प्रकाशित : शुक्रबार, असोज ११ २०८११०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend