बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

नेपाली अर्थतन्त्र लयमा फर्किन लागेको बुहपक्षीय वित्तीय संस्थाहरूको प्रक्षेपण, तर छैन दिगो पुनरुत्थानको आधार

images
शुक्रबार, असोज ११ २०८१
images
images
नेपाली अर्थतन्त्र लयमा फर्किन लागेको बुहपक्षीय वित्तीय संस्थाहरूको प्रक्षेपण, तर छैन दिगो पुनरुत्थानको आधार

अहिलेको पुनरुत्थानको एकमात्र सूत्र मागमा वृद्धि गराउनु हो जसले आयात बढाउनेछ। यदि फेरि आयात बढ्दै गयो भने बाह्य क्षेत्रमा रहेको अहिलेको सुविधा आगामी दुई वर्षमै फेरि संकटमा परिणत हुने निश्चित छ।

images
images

काठमाडौं- नेपाली अर्थतन्त्रमा सकारात्मक सूचकहरू देखिन थालेको बहुपक्षीय अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले प्रक्षेपण गर्न थालेका छन्। सरकारले उपलब्ध गराएका तथ्यांकको आधारमा ती संस्थाले नेपालको अर्थतन्त्रमा लयमा फर्किने अनुमान गरेका छन्। 

images
images

एसियाली विकास बैंकले नेपाली अर्थतन्त्रमा सकारत्मक सूचक देखिन थालेको र बाह्य परिस्थितिमा अन्यथा नभएको खण्डमा सुधार हुँदै जाने अनुमान गरेको छ। एडीबीले सेवा क्षेत्र र कृषि क्षेत्रमा आउने सुधारले समग्र आर्थिक वृद्धिमा टेवा पुग्ने अनुमान गरेको छ। 

images
images

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने अनुमान गरेको एडीबीले विदेशी पर्यटकको आगमन बढ्न थालेकाले यसले अरु क्षेत्रको आन्तरिक मागमा वृद्धि गराउने विश्लेषण गरेको छ। पर्यटक आगमन वृद्धि हुँदा खाद्यन्नदेखि अन्य विभिन्न क्षेत्रमा माग सिर्जना हुन्छ जसले गर्दा समग्र अर्थतन्त्रमा प्रभाव पार्नेछ। 

images
images

त्यस्तै कृषि उत्पादनमा धानको उत्पादन राम्रो र अहिलेसम्म क्षतिको ठूलो घटना नभएकाले कृषिको वृद्धि राम्रो हुने अनुमान छ। कृषि र सेवा क्षेत्रमा आउने सरकात्मक वृद्धिले अर्थतन्त्रलाई लयमा फर्काउने एडीबीको विश्वास रहेको छ। 

मूल्यवृद्धिमा नियन्त्रण कायम भएको यो वर्षभर खासै उतारचढाव नहुने, राजस्व संकलनमा सुधार देखिने, रेमिट्यान्सको लय कायमै हुने र अहिलेको विदेशी मुद्राको सहज सञ्चितिले गर्दा चालु खातामा पनि ठूलो घाटाको सम्भावना नरहेको एडीबीको विश्लेषण छ। 

तर यो सबै हुनका लागि बाह्य परिस्थितिमा भर पर्ने एडीबीले उल्लेख गरेको छ। भूराजनीतिक तनाब, अमेरिकी राष्ट्रपतिको निर्वाचन, बढ्दो संरक्षणवाद कसरी जान्छ भन्ने कुराले फरक पार्नेछ। यदि बाह्य अवस्था प्रतिकूल भएमा नेपालको अर्थतन्त्र पनि प्रभावित हुने एडीबीले सचेत गराएको छ। 

एडीबीजस्तै यही साता आफ्नो नेपालको समीक्षा सकाएर फर्किएको अन्तर्राष्ट्रिय मुद्राकोषको प्रतिनिधिमण्डलले पनि नेपाली अर्थतन्त्रमा सकारात्मक लय देखिएको बताएको छ। विस्तारित ऋण सुविधा सम्झौता अन्तर्गत समीक्षामा आएको प्रतितिनिधमण्डलले प्रेस विज्ञप्ति निकाल्दै नेपाली अर्थतन्त्रमा पुनरूत्थानका संकेत देखिन थालेको उल्लेख गरेको थियो। 

पछिल्ला केही तथ्यांकले नेपाली अर्थतन्त्रमा सुधारका पर्याप्त संकेत रहेको विज्ञप्तिमा उल्लेख छ। विशेषगरी बढ्दै गएको आयातले माग सिर्जना भइरहेको, आयात बढ्दा राजस्व संकलनमा सुधार भएको, सार्वजनिक खर्च तथा लगानीमा सुधारको चरणमा रहेको विज्ञप्तिमा उल्लेख छ। 

ऋणको प्रवाहमा अपेक्षित नभएपनि क्रमिक वृद्धि हुँदै गएको, मूल्यवृद्धि नियन्त्रणमै रहेको तथा रेमिट्यान्सको प्रवाह सुखद रहेकाले बाह्य क्षेत्र सुविधाजनक अवस्थामा रहेको कोषको प्रतिक्रिया रहेको छ। 

तत्कालका लागि सामान्य अवस्थामा फर्किने संकेत देखिएपनि अर्थतन्त्रको दिगो पुनरूत्थानको आधार भने तयार भएको छैन। अहिलेको वृद्धिदर तथा गतिविधिले फेरि अर्को चरणमा दबाब सिर्जना गर्नेछ। सम्भावित दबाब टार्नका लागि गर्नुपर्ने सुधार भने अझै भएको छैन। 

मुद्रा कोषको प्रतिनिधिमण्डलले यही कुरामा संकेत गर्दै दिगो पुनरूत्थानका लागि यसअघिका सिफारिस तथा सुझाव कार्यान्वयनमा जोड दिएको छ। वित्तीय तथा मौद्रिक क्षेत्रको सबलीकरणका लागि सुधार अपेक्षित रहेको प्रतिक्रिया रहेको छ। 

अहिलेको पुनरुत्थानको एकमात्र सूत्र मागमा वृद्धि गराउनु हो जसले आयात बढाउनेछ। यदि फेरि आयात बढ्दै गयो भने बाह्य क्षेत्रमा रहेको अहिलेको सुविधा आगामी दुई वर्षमै फेरि संकटमा परिणत हुने निश्चित छ। त्यो संकट टार्नका लागि आवश्यक सुधारमा भने सरकारले अहिलेसम्म अग्रसरता लिएको छैन। 


प्रकाशित : शुक्रबार, असोज ११ २०८१०६:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend