बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

युनिलिभर नेपालले घोषणा गर्‍यो प्रतिकित्ता १७१४ रुपैयाँ लाभांश

बुधबार, असोज ९ २०८१
युनिलिभर नेपालले घोषणा गर्‍यो प्रतिकित्ता १७१४ रुपैयाँ लाभांश

काठमाडौं- युनिलिभर नेपालले हालसम्मकै सर्वाधिक प्रतिकित्ता १ हजार ७ सय १४ रुपैयाँ नगद लाभांश घोषणा गरेको छ। युनिलिभर नेपालले अधिकांश रकम नगद लाभांश दिने घोषणा गरेको हो। 

गत आर्थिक वर्ष यस कम्पनीले १ अर्ब ९७ करोड ४१ लाख रुपैयाँ खुद नाफा गरेको थियो। यस कम्पनीको कुल चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्ष युनिलिभर नेपालले १५८० प्रतिशत लाभांश घोषणा गरेको थियो। 

यस कम्पनीले असोज २८ गतेलाई बुक क्लोजको मिति तय गरेको छ। असोज २८ गतेसम्म यस कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताले उक्त लाभांश प्राप्त गर्ने छन्। हाल नेप्सेमा यस कम्पनीको सेयर प्रतिकित्ता ५० हजार ३ सय ९९ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बुधबार, असोज ९ २०८११७:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend