आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

जुम्लामा नुनको अभाव छैन : साल्ट ट्रेडिङ

images
बुधबार, असोज ९ २०८१
images
images
जुम्लामा नुनको अभाव छैन : साल्ट ट्रेडिङ

दसैँतिहार पर्वलगायत अन्य समयका लागि शाखा कार्यालय जुम्लामा नूनको अभाव नहुने कार्यालका प्रमुख नगेन्दबहादुर थापाले जानकारी दिए।

images
images

जुम्ला- साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार १६० क्विन्टल नुन मौज्दात रहेको छ। दसैँतिहार पर्वलगायत अन्य समयका लागि शाखा कार्यालय जुम्लामा नूनको अभाव नहुने कार्यालका प्रमुख नगेन्दबहादुर थापाले जानकारी दिए।

images
images

जिल्ला सदरमुकामस्थित खलंगा बजारमा रहेको कार्यालयमा पर्याप्त मात्रमा नून मौज्दात रहेको उनले बताए। यहाँस्थित डिपोमा अहिले एक हजार १६० क्विन्टल नुन मौज्दात रहेको जनाइएको छ।

images
images

यही असोज ६ देखि १५ गतेसम्म चन्दननाथ नगरपालिकासहित पातारासीका, गुठीचौर, तातोपानी र तिला गाउँपालिकाका स्थानीयवासीलाई वडाको सिफारिसका आधारमा नुन वितरण गरिएको छ। 

images
images
images

प्रमुख थापाले भने, 'सिंजाको नराकोट डिपोबाट हिमा र सिञ्जा गाउँपालिका र गुरुचौर डिपोबाट कनकासुन्दरी गाउँपालिकाका स्थानीयवासीलाई नुन वितरण गरिएको छ। यस आर्थिक वर्षमा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार क्विन्टल नूनको कोटा रहेको छ। जिल्लामा नूनको अभाव हुने छैन।' 

वडाबाटै नुन वितरण गर्न आवश्यक व्यवस्था मिलाइएको छ। कार्यालयले सिञ्जाको नराकोट डिपो, कनकासुन्दरी गाउँपालिकाको गुरुचौर डिपो र सदरमुकामस्थित खलंगा बजारको कार्यालयबाट नुन वितरण गर्दै आएको छ। रासस


प्रकाशित : बुधबार, असोज ९ २०८११६:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend