आइतबार, मंसिर ९ गते २०८१    
images
images

त्रिभुवन विमानस्थल अध्यागमनको निरीक्षणमा गृहमन्त्री, कर्मचारीलाई भने - अवाञ्छनीय गतिविधि स्वीकार्य हुँदैन

images
बुधबार, असोज ९ २०८१
images
images
त्रिभुवन विमानस्थल अध्यागमनको निरीक्षणमा गृहमन्त्री, कर्मचारीलाई भने - अवाञ्छनीय गतिविधि स्वीकार्य हुँदैन

विमानस्थलमा कार्यरत अन्य सरकारी संयन्त्रसित समन्वय गरेर काम गर्न गृहमन्त्री रमेश लेखकले अध्यागमनका कर्मचारीहरुलाई निर्देशन दिए।

images
images

काठमाडौं- गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन्। अध्यागमन कार्यालयका बारेमा नकारात्मक टिकाटिप्पणी हुने गरेको उल्लेख गर्दै उनले यसतर्फ सचेत हुन आग्रह गरे।

images
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखकले अध्यागमन कार्यालयका बारेमा नागरिकको राम्रो बुझाइ नभएको उल्लेख गर्दै यहाँ हुने कुनै पनि किसिमका अवाञ्छनीय गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे। विमानस्थलमा कार्यरत अन्य सरकारी संयन्त्रसित समन्वय गरेर काम गर्न उनले अध्यागमनका कर्मचारीहरुलाई निर्देशन दिए।

images

'अन्तर्राष्ट्रिय विमानस्थल देशको ऐना हो, यहाँ आउने नागरिकले नेपाल हेर्ने यहीँ हो। बाहिर जाने नागरिकले पनि नेपालको व्यवहार देख्ने यहीँ नै हो', गृहमन्त्री लेखकले भने। अध्यागमनका कर्मचारीको व्यवहार सौहार्दपूर्ण, सहिष्णु, नरम र सेवामुखी हुन जरुरी रहेको उनको भनाइ थियो।

images

सो अवसरमा त्यहाँ कार्यरत अध्यागमनका कर्मचारीहरुले अध्यागमन कार्यालयका लागि विमानस्थलभित्र ठाउँ अभाव र विभिन्न भौतिक संरचना सुधारको आवश्यकता रहेको उल्लेख गर्दै कर्मचारीलाई समयक्रमअनुसार तालिम तथा प्रशिक्षण आवश्यक रहेको गृहमन्त्री लेखकलाई अवगत गराएका थिए।

गृहमन्त्री लेखकका साथमा गृहसचिव गोकर्णमणि दुवाडीसमेत रहेका थिए। रासस


प्रकाशित : बुधबार, असोज ९ २०८११५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend