बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

पुन: हरियालीतर्फ फर्कियो नेप्से, ४९ अंकले बढेको बजारमा ४ अर्ब ८१ करोडको कारोबार

बुधबार, असोज ९ २०८१
पुन: हरियालीतर्फ फर्कियो नेप्से, ४९ अंकले बढेको बजारमा ४ अर्ब ८१ करोडको कारोबार

काठमाडौं- लगातार ११७.९५ अंकले घटेको सेयर बजारमा पुन: हरियाली देखिएको छ। यो साता पहिलो कारोबारमा आइतबार ११.५८ अंकले बढेको बजार सोमबार ५९.०२ अंकले र मंगलबार ५८.९३ अंकले घटेको थियो।  

बुधबार पुन: हरियालीतर्फ फर्कंदै ४९.१८ अंकले बढेर बजार २५१९.५७ बिन्दुमा पुगेको छ। २२३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ। १८ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

भदौ महिनाभर कमजोर देखिँदै ४२०.०५ अंकले घटेको सेयर बजार असोज महिनामा वृद्धितर्फ नै लाग्ने लगानीकर्ताको अपेक्षा रहेको छ। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोजमा उचाइतर्फ फर्कने आँकलन भइरहँदा बजार धिमा गतिमा नै देखिएको छ। असोज चाडबाडको महिना भएकाले पनि बजारको गति आँकलन गर्न सहज छैन।

कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा 'बाउन्स ब्याक' हुने अपेक्षा लगानीकर्ताले राखेका छन्। बजारमा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा नै देखिन्छन्। बजार 'बाउन्स ब्याक' हुने अवस्था रहेको विश्लेषकहरूले बताइरहँदा आधार भने यकिन छैन। अहिलेको अवस्थामा बजारप्रति लगानीकर्ताहरू विश्वस्त हुन सकेका छैनन्। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने संकेतहरू रहेको विश्लेषकहरूले बताइरहेका छन्। तर सबै सूचकहरूले साथ दिएको बताइए पनि बजार अपेक्षाकृत उचाइतर्फ बढ्न सकेको छैन। पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। 


प्रकाशित : बुधबार, असोज ९ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend