काठमाडौं-प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट बोनस सेयर १४.२५ प्रतिशत र नगद ०.७५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।