आइतबार, मंसिर ९ गते २०८१    
images
images

खाद्यान्नमा आत्मनिर्भर चितवन

images
बुधबार, असोज ९ २०८१
images
images
खाद्यान्नमा आत्मनिर्भर चितवन

कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार यहाँ ३७ हजार ११८ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ।

images
images

चितवन- जिल्लामा स्थायी बसोबास गर्ने जनसङ्ख्यालाई आवश्यक पर्ने खाद्यान्नमा चितवन आत्मनिर्भर रहेको छ। धान, मकै, गहुँ, कोदो, फापरलगायत खाद्यान्न बालीमा जिल्ला आत्मनिर्भर भएको हो।

images
images
images

कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार यहाँ ३७ हजार ११८ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ। यस्तै, १७ हजार ११० हेक्टर क्षेत्रफलमा मकै, चार हजार ९४१ हेक्टर क्षेत्रफलमा गहुँ, एक हजार ५० हेक्टर क्षेत्रफलमा कोदो र फापर लगाउने गरिएको उनले बताए।

images

उनका अनुसार सबै उत्पादन दुई लाख ५२ हजार ८४५ मेट्रिकटन खाद्यान्न जिल्लामा उत्पादन हुँदै आएको छ। त्यसमा धान एक लाख ६७ हजार ३३ मेट्रिकटन, मकै ६८ हजार ५९१ मेट्रिकटन, गहुँ १६ हजार १३ मेट्रिकटन, कोदो र फापर एक हजार २०८ मेट्रिकटन उत्पादन हुने गरेको कँडेलले जानकारी दिए।

images

आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम सार्वजनिक तथा आर्थिक वर्ष २०८०/८१ को प्रगति समीक्षा कार्यक्रममा कँडेलले सो तथ्यांक सार्वजनिक गरेका हुन्। राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार जिल्लामा सात लाख १९ हजार ८५९ जना स्थायीरुपमा बसोबास गर्ने रहेका छन्। त्यसले एक लाख ४० हजार १९ मेट्रिकटन खाद्यान्न खपत गर्ने गरेको सो अवसरमा जानकारी गराइयो।

त्यसमध्ये धान ९८ हजार २७४ मेट्रिकटन, मकै २६ हजार ७७७ मेट्रिकटन, गहुँ १३ हजार ८८८ मेट्रिकटन, कोदो र फापर एक हजार ८० मेट्रिकटन उपभोग भएको कँडेलले बताए। उनका अनुसार दुई हजार ५२६ दशमलव ३० मेट्रिकटन प्रशोधित खाद्यान्न बचत हुने गरेको छ। जिल्लामा स्थायी बसोबास गर्ने जनतालाई आफ्नो उत्पादनले खान पुग्ने जनाउँदै उनले अस्थायी रुपमा बसोबास गर्नेहरुको हकमा बाहिरबाट ल्याउनुपर्ने बताए। रासस


प्रकाशित : बुधबार, असोज ९ २०८११३:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend