बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

नेपाली अर्थतन्त्रका सूचकमा सुखद संकेत, वृद्धिदर ४.९ प्रतिशत : एडीबी

बुधबार, असोज ९ २०८१
नेपाली अर्थतन्त्रका सूचकमा सुखद संकेत, वृद्धिदर ४.९ प्रतिशत : एडीबी

ब्याजदर घटेपनि निजी क्षेत्रमा जाने कर्जाको विस्तार अपेक्षित नहुने बैंकको प्रक्षेपण छ। यसअघि नै अधिक कर्जा भएकाले तत्काल ठूलो वृद्धिदरको सम्भावना नरहेको बैंकको प्रक्षेपण छ।

काठमाडौं- चालु वर्षको आर्थिक वृद्धिदर ४.९ प्रतिशतले हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण छ। सेवा क्षेत्रमा हुने विस्तारले यो वृद्धिदरलाई साथ दिने एडीबीको प्रक्षेपण छ। पर्यटन आगमनमा हुने सुधारले सहायक क्षेत्रमा योगादान गर्नेछ। 

मुद्रास्फीतिमा खासै उतारचढाव नहुने प्रक्षेपण गरिएको छ। भारतीय बजार तथा डलरको अवस्थाले यसमा थप भूमिका खेल्नेछ। 

यद्यपि चालु वर्षमा वार्षिक अ‌ौसत ५.५ प्रतिशतको मूल्यवृद्धि हुने अनुमान बैंकले गरेको छ। यो वर्ष पनि ब्याजदर तल झर्ने क्रम जारी रहने बैंकले विश्वास व्यक्त गरेको छ। मौद्रिक नीतिको फ्रेमवर्कले गर्दा ब्याजदर अझै सहज हुँदै जाने बैंकको प्रक्षेपण छ। 

ब्याजदर घटेपनि निजी क्षेत्रमा जाने कर्जाको विस्तार अपेक्षित नहुने बैंकको प्रक्षेपण छ। यसअघि नै अधिक कर्जा भएकाले तत्काल ठूलो वृद्धिदरको सम्भावना नरहेको बैंकको प्रक्षेपण छ।

वित्तीय घाटाको विस्तारको तीव्रतामा ब्रेक लाग्ने तर राजस्वमा अपेक्षित सुधार नहुँदा अझै पनि घाटाको विस्तार कायमै हुने बैंकले अनुमान गरेको छ। बैंकले यो वर्ष चालुखाता घाटामा जाने प्रक्षेपण गरेको छ।

प्रकाशित : बुधबार, असोज ९ २०८१११:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend