शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

गाउँ फर्कनेलाई ६ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान

images
बुधबार, असोज ९ २०८१
images
images
गाउँ फर्कनेलाई ६ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान
फाइल तस्बिर

गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए।

images
images

पर्वत- आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा महाशिला गाउँपालिकाले एक लाख रूपैयाँ अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ।

images
images

गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए। गाउँपालिकाले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागु गरेको हो।

images
images

गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने उनले बताए। गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा छ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरुको भरणपोषका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलव्ध गराउने छ। चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिइने उनले बताए।

images
images
images

अध्यक्ष भुसालका अनुसार एक वर्षमा यो पालिकाबाट ९३ परिवारका तीनसय २५ जना बसाइँ सरेका छन्। रासस


प्रकाशित : बुधबार, असोज ९ २०८१११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend