शुक्रबार, मंसिर २८ गते २०८१    
images
images

नयाँ उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्दै राष्ट्र बैंक

images
बुधबार, असोज ९ २०८१
images
images
नयाँ उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्दै राष्ट्र बैंक
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकमा आधारित भएर नयाँ मूल्य सूचकांक सार्वजनिक गर्ने भएको छ। राष्ट्र बैंकको थापाथली कार्यालयबाट नयाँ मूल्य सूचकांक सार्वजनिक गर्न लागेको हो। 

images
images
images

आज सार्वजनिक हुन लागेको मूल्य सूचकांकका आधारमा राष्ट्र बैंकले नयाँ उपभोक्तामा आधारित मूल्य सूचकांक, मुद्रास्फीति, थोक तथा खुद्रा मुद्रास्फीति मापन गर्ने छ।

images

विगतमा राष्ट्र बैंकले आफैले उपभोक्तामा आधारित मूल्य सूचकांक सर्वेक्षण गरेकोमा यसपटक भने राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकमा आधारित भएर मूल्य सूचकांक सार्वजनिक गर्न लागेको हो।

images

विभिन्न थोक तथा खुद्रा पसलहरुमा ८ हजार भन्दा बढी गणकहरुले पठाएको मूल्यका आधारमा राष्ट्र बैंकले उपभोक्तामा आधारित मुद्रास्फीति सार्वजनिक गर्दै आएको थियो। जसमा ४ सय ८० वटा वस्तु समावेश गरिएको थिए। 

उक्त बास्केटमा समावेश भएका वस्तुहरुलाई प्रदान गरिएको भारसँग मूल्य गुणन गरी प्राप्त हुने औषत मापनलाई अघिल्लो वर्षको औषत मापनसँग तुलना गरेर मुद्रास्फीति राष्ट्र बैंकले गणना गर्दै आएको छ। 

नेपालको अर्थतन्त्र आयातमा आधारित भएको र स्वदेशी उत्पादन न्यून रहेकाले नेपालको मुद्रास्फीति पनि विशेषगरी भारत र त्यसपछि चीनको मुद्रास्फीतिमा निर्भर रहँदै आएको छ। 

नेपाली मुद्रा भारतीय मुद्रासँग स्थिर विनिमय दर रहेकाले पनि नेपालको मुद्रास्फीति धेरै हदसम्म भारतीय बजारबाट निर्धारण हुँदै आएको छ।

यस्तै नेपालीको आम्दानी आन्तरिक रोजगारीभन्दा पनि रेमिट्यान्समा आधारित भएकाले नेपाली बजारको मूल्यमा हुने उत्तारचढाव अन्तर्राष्ट्रिय बजारमा निर्भर रहँदै आएको छ। 


प्रकाशित : बुधबार, असोज ९ २०८१११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend