शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

झापामा दुईवटा भारतीय ट्रकमा आगजनी गरेको आरोपमा दुईजना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ९ २०८१
images
झापामा दुईवटा भारतीय ट्रकमा आगजनी गरेको आरोपमा दुईजना पक्राउ

पक्राउ परेका दुवै जनलाई अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर अनुसन्धान अघि बढाइएको छ।

images
images

काठमाडौं- झापामा दुईवटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

images
images
images

बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तरगतका नागरिक प्रतिरक्षा बल (पीडीएफ)ले झापाको यातायात बन्दको घोषणा गरेका थिए।

images
images

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण चन्दले ट्रक आगजानीमा संलग्न रहेको आरोपमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तरगतका नागरिक प्रतिरक्षा बलमा आवद्ध झापा हल्दिवारी गाउँपालिका- १ का ४० वर्षीय भिम लिम्बू तुम्वापो र नागरिक प्रतिरक्षा बलकै कार्यकर्ता झापा बिर्तामोड नगरपालिका-७ का ३९ वर्षीय बिजय चौधरीलाई पक्राउ गरिएको बताए।

images
images

प्रवक्ता चन्दका अनुसार पक्राउ परेका दुवै जनलाई अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर अनुसन्धान अघि बढाइएको जानकारी दिइ। ट्रक आगजानीमा संलग्न केही व्यक्ति फरार रहेको र खोजीकार्य जारी रहेको जानकारी दिए।

उक्त समूहले कनकाई नगरपालिका-८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको र बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्लुबी ७३ इ ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा आगजनी गरेका थिए। आगजानीबाट घाइते भएका दुवै ट्रकका चालकहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


प्रकाशित : बुधबार, असोज ९ २०८११०:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend