शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

जीवन बीमा कम्पनीलाई पनि नगद लाभांश वितरणमा रोक

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २९ २०७८
images
जीवन बीमा कम्पनीलाई पनि नगद लाभांश वितरणमा रोक
images
images

काठमाडौं-निर्जिवन बीमा पनि बीमा समितिले नेपालमा सञ्चालित सबै जीवन बीमा कम्पनीहरुलाई पनि नगद लाभांश वितरणमाथि रोक लगाएको छ। बीमा समितिले २६ गते जीवन बीमा कम्पनीलाईहरुलाई नगद लाभांश रोक लागाउने परिपत्र गरेको हो।

images
images
images

नगद लाभांश वितरण गर्न नपाउने निर्णयसँगै जीवन बीमा कम्पनीका सञ्चालकहरुले तत्काल नगदमा प्रतिफल लिन नपाउने भएका छन् । 

images
images

फ्युचर बोनसको प्रोभिजनका कारण नगद लाभांश लिनै नसक्ने अवस्थामा रहेको जीवन बीमा कम्पनीका लगानीकर्ताहरुलाई बीमा समितिले अर्को निर्णयले नगद लाभांश लिन प्रतिबन्ध लगाएको हो। बीमा समितिको यस्तो निर्णयले विदेशमा लाभांश लैजानुपर्ने बाहेकका कम्पनीहरुलाई खासै फरकक पर्ने छैन।

images
images

नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन्। जसमध्ये ६ कम्पनीले साधारण सेयर (आईपीओ) समेत जारी गरेका छैनन। बीमा समितिको निर्देशन १३ जीवन बीमा कम्पनीहरुले नगद लाभांश दिन पाउने छैनन। समितिको निर्देशन अनुसार कर प्रयोजन बाहेक नगद लाभांश छुट्याउन पाइने छैन। 


प्रकाशित : बिहीबार , पुस २९ २०७८०२:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend