आइतबार, चैत ३ गते २०८१    
आइतबार, चैत ३ २०८१
images
images

क्रिप्टो कारोबारीसँग रकम असुलेको आरोप लागेका प्रहरीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ९ २०८१
images
images
क्रिप्टो कारोबारीसँग रकम असुलेको आरोप लागेका प्रहरीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस

प्रहरी हवल्दार गणेश खड्का र जवान साजन शर्मामाथि अनुसन्धान भएको हो। पक्राउ परेका क्रिप्टो कारोबारीलाई ५० लाख असुलेर छाडेको उनीहरूमाथि आरोप लागेको छ।

images
images

काठमाडौं- क्रिप्टो कारोबारीसँग रकम असुलेको आरोप लागेका प्रहरी परिसर काठमाडौंका दुई प्रहरीमाथि थप अनुसन्धान गरी कारबाही गर्नुपर्ने छानबिन समितिले निष्कर्ष निकालेको छ। 

images
images

काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रहरी उपरीक्षक प्रजित केसीको नेतृत्वको गठित छानबिन समितिले तयार पारेको प्रतिवेदनमा उनीहरूमाथि थप अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको हो। 

images
images

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले क्रिप्टो कारोबारीसँग सम्पर्क रहेको पाएपछि समिति बनाएर अनुसन्धान गरिएको र आज थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन भन्दै परिसरमा प्रतिवेदन पठाइएको जानकारी दिए।
 
यसरी अनुसन्धान गरिएकामा प्रहरी हवल्दार गणेश खड्का र जवान साजन शर्मा रहेका छन्। पक्राउ परेका क्रिप्टो कारोबारीलाई ५० लाख असुलेर छाडेको उनीहरूमाथि आरोप लागेको छ। 

images
images

उक्त विषयमा परिसरले पनि प्रहरी उपरीक्षक नवराज अधिकारी नेतृत्वको छानबिन समिति बनाएर अनुसन्धान गरेको थियो। क्रिप्टो कारोबारी अहिले फरार रहेकाले उनी पक्राउ परेपछि अझै थप कुरा खुल्ने पनि उपत्यका प्रहरीले जानकारी दिएको छ।


प्रकाशित : बुधबार, असोज ९ २०८११०:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend