शनिबार, मंसिर ८ गते २०८१    
images
images

नबिल र एनबी बैंकबीच मर्जरमा जान आज सम्झौता, भोली साधारणसभा

images
बिहीबार , पुस २९ २०७८
images
images
नबिल र एनबी बैंकबीच मर्जरमा जान आज सम्झौता, भोली साधारणसभा
images
images

काठमाडौं-नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंक बीच मर्जको लागि बिहिबार (आज) सम्झौता गर्ने तयारी गरिएको छ। दुगड समूहले मुद्दा मामिलालाई तिव्रता दिएपछि चौधरी समूहले नबिल र एनबी बैंक मर्जको लागि बिहिबारनै एमओयू पत्रमा हस्तक्षर गर्न लागेको हो।  नबिलले सञ्चालक समितिमा एनबीलाई कुनै पनि नदिनेगरी सम्झौता गर्न लागेको हो। यता नबिलकै संरचनामा सवै करोबार हुने समेत भएको छ। 

images
images
images

एनबी बैंकको १०० कित्ता सेयर नबिलमा ४३ कित्ता हुने गरी सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) कायम हुने गरी सहमती बुधवारनै नेपाल राष्ट्र बैंकलाई जानकारी गराइसकिएको छ।

images

बिनोद चौधरीले नेपाल बङ्गालादेश बैंकमा रहेको आईएफआइसीको ४१ प्रतिशत सेयर श्रीमती सारिका चौधरीको नाममा खरिद गरेपछि विवाद अदालतसम्म पुगेको छ। नबिल बैंकको साधारणसभा समेत शुक्रबार तय भएकोले पनि बिहिबारनै सम्झौता गर्ने तयारी गरिएको हो। 

images

दुगड समूहले एक वर्ष अगाडि नै आईएफआईसीको सेयर प्रतिकित्ता १५७ रुपैयाँमा खरिद सम्झौता भइसकेको तर अहिले अर्को समूहलाई बिक्री गरेको भन्दै जिल्ला अदालत काठमाडौंदेखि पाटन उच्च अदालतसम्म मुद्दा दायर गरेको छ। मंगलबार दुगड समूहले दायर गरेको मुद्दाको पाटन र काठमाडौं दुवैमा पेशी तोकिएको थियो। 

पाटनमा दुगडका वकिलले स्थगित गराएका थिए। तर काठमाडौं जिल्ला अदालतले चौधरीलाई बिक्री गर्न लागिएको ४१ प्रतिशत सेयर तत्काल रोक्न अन्तरिम आदेश दिएको छ। यो आदेशसँगै चौधरीले खरिद गरेको आईएफआईसीको सेयर विवादले उग्र रुप लिने पक्का छ। यो मुद्दासँगै कर्पोरेट वार सतहमै आएको छ। 

सनराइज बैंकका अध्यक्षसमेत रहेका व्यवसायी मोतीलाल दुगडले हालेको मुद्दामा पुस २७ गते आदेश दिँदै काठमाडौं जिल्ला अदालतले ‘सेयर बिक्री गर्ने कार्य नगर्नु नगराउनु’ भनेको छ। साथै सात दिनभित्र विपक्षी नेपाल बंगलादेश बैंकलाई लिखित जवाफ पेश गर्न पनि अदालतले भनेको छ। दुगड समूहले नेपाल बंगलादेश बैंक, आइएफआइसी र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेको थियो। 

अदालतको आदेशमा नेपाल बंगलादेश बैंकको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता सेयर १५७ रुपैयाँका दरले खरीद गर्न ३१ मार्च २०२१ मा राखिएको प्रस्ताव स्वीकार गरी विपक्षीबाट २ अप्रिल २०२१ मा स्वीकृत गरी करार कार्य अगाडि बढिसकेको भन्ने उजुरी साथ पेश गरेको पत्रबाट देखिएको भन्दै फैसला गरेको छ। न्यायाधीस रामचन्द्र पौडेलको एकल इजलासले दुगडको पक्षमा उक्त फैसला गरेको हो। 

दुगड समूहले नबिल बैंकका मुख्य प्रमोटर बिनोद चौधरीले खरिद गरेको बंगलादेश बैंकको सेयर विरुद्ध मुद्दा मामिलामा लागेपछि हतारहतार नबिल र एनबीको मर्जरलाई तिव्रता दिइएको छ। 

सारिका चौधरीले ६ अर्ब भन्दा बढीमा उक्त सेयर खरिद गरेकी छन्। यता बंगलादेश बैंक र नबिल बैंक दुवैले मर्जका लागि मर्जर समिति बनाइएका थिए। दुवैले प्रस्ताव ल्याएपछि स्वाप रेसियो लगायत विषय टुंगो लाग्ने छ।  मर्जरपछि २९ अर्ब चुक्ता पुँजी पुग्ने बैंकको एकीकृत कारोबार बैशाखदेखि गर्ने तयारी छ।  

हाल नबिलको चुक्ता पुँजी १३ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ छ। साधारणसभाले ३३ प्रतिशत बोनस सेयर पारित गरेपछि बैंकको चुक्ता पुँजी बढ्ने छ ।

नबिलको शुक्रबार साधारणसभा हुँदै छ। चौधरीले एनबीको १५७ रुपैयाँमा सेयर किन्ने भएका छन्। नेपाल राष्ट्र बैंकले पनि नबिलसँग मर्जमा जाने सर्तमा राष्ट्र बैंकले सो सेयर चौधरीलाई किन्न अनुमति दिएको हो। 


प्रकाशित : बिहीबार , पुस २९ २०७८०२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend