शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली, मनसुनी प्रभाव रहने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ९ २०८१
images
images
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली, मनसुनी प्रभाव रहने

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

images
images

काठमाडौं- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

images
images

बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसले देशका अधिकांश भागमा बदली भएको छ।

images
images

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

images
images
images

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ। कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ।

यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम  प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हुरीबतासको चल्ने सम्भावना छ।

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रका सर्वसाधारणलाई सचेत रहन महाशाखाले अनुरोध गरेको छ। रासस


प्रकाशित : बुधबार, असोज ९ २०८१०९:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend