मंगलबार, मंसिर २५ गते २०८१    
images
images

दिराम र रिङ्‍गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर?

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ९ २०८१
images
images
दिराम र रिङ्‍गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर?
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। 

images
images
images

राष्ट्र बैंकका अनुसार मङ्गलबारको तलनामा बुधबार युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घटेको छ। अघिल्लो दिन युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेकामा आज खदिर दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा कायम भएको छ। 

images

साथै मङ्गलबार मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा कायम भएकामा आजका लागि भने खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्री दर ३२ रुपैयाँ ३० पैसा निर्धारण भएको छ। 

images

केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ १८ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ६१ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर एक सय ७८ रुपैयाँ ५२ पैसा र बिक्री दर एक सय ७९ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर एक सय ५७ रुपैयाँ ४९ पैसा र बिक्री दर एक सय ५८ रुपैयाँ १९ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ४४ पैसा र बिक्री दर ९१ रुपैयाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ८८ पैसा र बिक्री दर ९९ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय तीन रुपैयाँ ६६ पैसा र बिक्री दर एक सय चार रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ २८ पैसा र बिक्री दर नौ रुपैयाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९९ पैसा र बिक्री दर १९ रुपैयाँ ०८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ६१ पैसा र बिक्री दर ३५ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ६५ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ०७ पैसा र बिक्री दर चार रुपैयाँ ०९ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर १० रुपैयाँ र बिक्री दर १० रुपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रुपैयाँ १६ पैसा र बिक्री दर १३ रुपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ९३ पैसा र बिक्री दर २० रुपैयाँ ०२ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिद दर १७ रुपैयाँ १६ पैसा र बिक्री दर १७ रुपैयाँ २३ पैसा, कुवेती दिनार एकको खरिद दर चार सय ३७ रुपैयाँ ६७ पैसा र बिक्री दर चार सय ३९ रुपैयाँ ६३ पैसा, बहराइन दिनार एकको खरिद दर तीन सय ५४ रुपैयाँ ३९ पैसा र बिक्री दर तीन सय ५५ रुपैयाँ ९९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र बिक्री दर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। रासस


प्रकाशित : बुधबार, असोज ९ २०८१०९:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend