आइतबार, मंसिर ९ गते २०८१    
images
images

असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

images
मंगलबार, असोज ८ २०८१
images
images
असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

बुकिङ खुला गरिएसँगै यात्रुको चाप हुने क्षेत्रमा यात्रु सहायता कक्षहरु स्थापना गरिने छ।

images
images

काठमाडौं- दसैँका लागि टिकट बुकिङ असोज १२ गतेबाट खुल्ने भएको छ।  मंगलबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरुको उपस्थितिमा भएको छलफल पश्चात् बसहरुको अग्रिम बुकिङ खुला गर्ने निर्णय भएको हो। 

images
images
images

सडममा भएको खाल्डाखुल्डी पुर्ने, आवागमन सहज बनाउने लगायत विषयमा अघिल्लो साता पनि सरोकारवालाबीच छलफल भएको थियो। मंगलबार यातायात व्यवस्था विभाग भएको छलफलपछि असोज १२ गतेदेखि अग्रिम टिक बुकिङ खोल्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।

images

बुकिङ खुला गरिएसँगै यात्रुको चाप हुने क्षेत्रमा यात्रु सहायता कक्षहरु स्थापना गरिने छ। जहाँ नेपाल प्रहरी, यातायातका कर्मचारीले काउन्टरमा अग्रिम बुकिङका लागि पुगेका यात्रुहरुलाई सहजीकरण गर्ने र उनीहरुको गुनासा सुन्ने छन्। 

images

गत वर्ष भने घटस्थापनाको ६ दिनअघि गाडीको अग्रिम टिकट बुकिङ खुलाइएको थियो। योपटक अग्रिम बुकिङ खाल्नेबारे कुनै निर्णय नहुँदा दसैँकालागि घर जाने यात्रुहरु अन्योलमा परेका थिए। तर मंगलबारको छलफलले टिकट बुकिङ खोल्ने सहमति भएको छ। 

काठमाडौं उपत्यकामा कामकाज, अध्ययनलगायत विविध करण मानिसहरु अस्थाइ बसोबास गर्दै आएका छन्। यसरी अस्थाइ बसोबस गरिरहेकाहरु दसैँमा आफ्नै गाउँ जाने गरेका छन्। सोहीकारण दसैँमा सहरी क्षेत्रबाट गाउँ जानेको चाप धेरै हुन्छ। 

दसैँकाबेला करिब २० लाख काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ।  केही दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले घटस्थापना अघि नै देशभरका सडक मर्मतसम्भार गरेर सहज बनाउन सडक विभागलाई निर्देशन दिएका थिए। 

सडक विभागकाअनुसार अहिले सडक मर्मतको काम भइरहेको छ। मनसुन सक्रिय भइरहेकाले भने मर्मतमा केही समस्या भएको विभागले जनाएको छ। यातायात व्यावसायीहरुले सडकमा सहज यात्रा गर्ने व्यवस्था र सुरक्षाको प्रत्याभुति गराउनु पर्ने माग गर्दै आएका थिए। 


प्रकाशित : मंगलबार, असोज ८ २०८११७:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend