शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

नेपालको व्यापार रणनीति कस्तो हुनुपर्छ? सरकारले माग्यो सुझाव 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २९ २०७८
images
नेपालको व्यापार रणनीति कस्तो हुनुपर्छ? सरकारले माग्यो सुझाव 

व्यापार रणनीतिमा समेट्नुपर्ने विषयवस्तुका बारेमा सुझाव लिन भन्दै मन्त्रालयले यस्तो सार्वजनिक आव्हान गरेको हो। 

images
images

काठमाडौं- के तपाई व्यापारका बारेमा चासो लिनुहुन्छ? अध्ययन अनुसन्धान गरिरहनुभएको छ? नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारका बारेमा योजना, भिजन  तथा जानकारी भएकाहरूसँग सरकारले सुझाव माग गरेको छ।

images
images
images

सरकारले सरोकार राख्ने, ज्ञान भएका संस्था, व्यक्तिहरूसँग यस्तो सुझाव माग गरेको छ। 

images
images

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एकीकृत व्यापार रणनीति, २०७३ को पुनरावलोकन गर्दै नयाँ रणनीति निर्माण गर्दै छ। यही सन्दर्भमा सरोकारवालाहरूलाई शीर्षक नै दिएर सुझाव पठाउन आग्रह गरेको छ। 

images
images

व्यापार रणनीतिमा समेट्नुपर्ने विषयवस्तुका बारेमा सुझाव लिन भन्दै मन्त्रालयले यस्तो सार्वजनिक आव्हान गरेको हो। 

मन्त्रालयले सात शीर्षकमा सुझाव माग गरेको छ। 

१ संघीयता, अतिकम विकसित मुलुकबाट स्तरोन्नति, आर्थिक शासन
२ श्रम बजार, समावेशीकरण र गरिबका लागि बजार 
३ व्यापार लजिस्टिक्स विकास तथा व्यापार सहजीकरण 
४ गुणस्तरीय पूर्वाधारहरू, मापदण्डहरू र कार्यान्वयन
५ व्यापार तथा लगानी सहजीकरणका लागि लगानी 
६ वस्तु विकास तथा प्रवर्द्धन- वस्तु व्यापार 
७ वस्तु विकास तथा प्रवर्द्धन- सेवा व्यापार 

उल्लेखित शीर्षकमा रहेर सरोकारवालाहरूले मन्त्रालयमा सुझाव पठाउन सक्ने छन्। यस्तो सुझाव पठाउनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखामा सम्पर्क गर्नसकिने छ। महाशाखाका दुर्गाप्रसाद भुसाल(उपसचिव)लाई ०१-४२११५०० र शाखा अधिकृत कविता गौतमलाई ०१-४२११४६० मा फोन गर्न सकिने छ। 

त्यस्तै [email protected] मा सिधै इमेल पनि गर्न सकिने मन्त्रालयले जानकारी गराएको छ। 


प्रकाशित : बिहीबार , पुस २९ २०७८०६:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend