सोमबार, चैत ११ गते २०८१    
सोमबार, चैत ११ २०८१
images
images

दाङमा चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन, माघ २ गतेसम्म चल्ने

images
मंगलबार, असोज ८ २०८१
images
images
दाङमा चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन, माघ २ गतेसम्म चल्ने

संघीय सरकारको निर्णयअनुसार दाङमा यही असोज ७ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो।

images
images

दाङ- यहाँ सरकारले चाडपर्व लक्षित सुपथ पसल सञ्चालन गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुर र साल्ट ट्रेडिङ कर्पोरेशन घोराहीले सुपथ मूल्य पसल सञ्चालन गरेका हुन्।

images
images

यसवर्ष चामल, नून र चिनी बिक्रीका लागि राखिएको साल्ट ट्रडिङ कर्पोरेशन घोराहीले जनाएको छ। चाडपर्व लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेपछि स्थानीय उपभोक्ता खुसी भएका छन्।

images
images

संघीय सरकारको निर्णयअनुसार दाङमा यही असोज ७ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो।

images
images

घोराही उपमहानगरपालिका-१८ की सीता चौधरीले घोराहीमा खुलेको सुपथ पसलमा सामान किन्दा प्रतिकिलो पाँच रूपैयाँ सस्तो पाएको बताइन्। 'ज्याला मजदुरी गरेर खाने मान्छेलाई एक/दुई रुपैँया सस्तो पाउँदा पनि खुशी लाग्ने रहेछ', उनले भनिन्, 'प्रत्येक वर्ष सञ्चालन हुने सुपथ मूल्य पसलमा सामान किन्न आउने गरेको छु।'

पसलमा नून, चिनी मात्रै राख्ने गरेकामा अन्य उपभोग्य सामग्री पनि राख्न उनको सुझाव छ। 

साल्ट ट्रेडिङका ‘आउटलेट’बाट नूनमा प्रतिकेजी दुई रूपैयाँ, चिनीमा पाँच रूपैयाँ, तेलमा सात रूपैयाँ, चिउरामा सात रूपैयाँ, पिठो र मैदामा पनि सात रूपैयाँ छुट दिइरहेको घोराहीका प्रमुख रामबाबुप्रसाद गुप्ताले जानकारी दिए।

तुलसीपुरमा सञ्चालित सुपथ मूल्य पसलमा चामल बिक्रीका लागि राखिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले सहुलियत पसलमा ‘स्टिम’ जिरा मन्सुली र अरुवा मन्सुली चामल बिक्रीका लागि राखेको छ। सुपथ मूल्य पसलबाट यो वर्ष एक हजार सातसय ५० क्विन्टल चामल बिक्री गर्ने कोटा पाएको व्यापार कम्पनीका प्रमुख तिलक सुनारले जानकारी दिए।

उनका अनुसार यही असोज ७ गतेबाट सञ्चालन भएको सहुलियत मूल्यको पसल माघ २ गतेसम्म चल्नेछ।

प्रतिकेजी पाँच रुपैयाँ सहुलियतमा सुपथ मूल्यको पसलबाट चामल बिक्री भएको उनले बताए। स्टिम जिरा मसिनो चामल दुई हजार एकसय २५ रूपैयाँमा तथा अरुवा मन्सुली चामल एक हजार पाँचसय रूपैयाँमा बिक्री भएको उनले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, असोज ८ २०८११६:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend