बिहीबार , मंसिर २७ गते २०८१    
images
images

भिमाद नगरपालिका खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्ने

images
मंगलबार, असोज ८ २०८१
images
images
भिमाद नगरपालिका खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्ने

खेतीयोग्य जमिनमा व्यवस्थित सिँचाइ सुविधा पुर्‍याउन नगरपालिकाले पक्की कुलो निर्माण गर्ने योजना प्राथमिकताका साथ अघि सारेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिए।

images
images

तनहुँ- यहाँको भिमाद नगरपालिकाले कृषि उत्पादन वृद्धि गराइ खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्ने योजना अघि सारेको छ। कृषि उत्पादन वृद्धि गर्न किसानलाई प्रोत्साहनस्वरुप सम्मान एवं पुरस्कृत गर्ने नीति लिएको नगरपालिकाले जनाएको छ।

images
images
images

नगरपालिकाले चालु आर्थिक वर्षमा ‘एक वडा एक उत्कृष्ट किसान सम्मान’ गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिए। उनका अनुसार कृषि क्षेत्रको आधुनिकीकरण, विविधिकरण र व्यावसायिकरण गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न लागिएको हो। 

images

खेतीयोग्य जमिनमा व्यवस्थित सिँचाइ सुविधा पुर्‍याउन नगरपालिकाले पक्की कुलो निर्माण गर्ने योजना प्राथमिकताका साथ अघि सारेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिए।

images

हाल कायम रहेका कृषि ‘पकेट’ क्षेत्रलाई विस्तार एवम् स्तरोन्नति गर्नुका साथै सम्भाव्यता र माटो परीक्षणका आधारमा माछा, ‘अर्गानिक’ तरकारी बीउ उत्पादन, दूध तथा मासु पकेट क्षेत्र विस्तार गर्दै लैजाने लक्ष्य राखिएको छ। 

कृषि पेसाको महत्व तथा आवश्यकतालाई विद्यालयस्तरबाट बोध गराउन माध्यमिक तहका विद्यार्थीलाई तनहुँ प्राविधिक शिक्षालयसँग समन्वय गरी विद्यालय कृषि शिक्षा कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए।

नगरपालिकाका पशु सेवा शाखा तथा सेवा केन्द्रमार्फत वडास्तरमा घुम्ती सेवा प्रदान गरी पशुमा लाग्ने आन्तरिक तथा बाह्य परजीविको पहिचान गरी निःशुल्क औषधीको व्यवस्था मिलाइएको उनले बताए।

दूध उत्पादन र कृषि व्यवसाय विस्तार गरी किसानको जीवनस्तरमा सुधार ल्याउन नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।

'दूध उत्पादन वृद्धि गरी नगरपालिकालाई दूध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन दुग्ध चिस्यान केन्द्रको विस्तार गर्न लागेका छौँ,' नगरप्रमुख सुवेदीले भने। उनका अनुसार नगरपालिकाभित्र पाइने रैथाने खरी जातको बाख्रा लोप हुने जोखिममा रहेकाले त्यसको संरक्षण गर्न विशेष कार्यक्रम सञ्चालन गरी स्रोतकेन्द्रको रुपमा विकास गरिने भएको छ।

कृषि तथा पशुपक्षी क्षेत्रमा हुने जोखिम न्यूनीकरण गर्न कृषि तथा पशु बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरी यसको लाभ लक्षित वर्गसम्म पुर्‍याउन पहलकदमी थालिएको नगरप्रमुख सुवेदीले बताए। रासस


प्रकाशित : मंगलबार, असोज ८ २०८११४:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend