मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

बाँसबारी-बूढानीलकण्ठ सडकको काम चाँडो सक्न ध्यानाकर्षण

images
मंगलबार, असोज ८ २०८१
images
बाँसबारी-बूढानीलकण्ठ सडकको काम चाँडो सक्न ध्यानाकर्षण

धुलो र धुवाँबाट नागरिकले सास्ती पाएको भन्दै कालोपत्र तत्काल अघि बढाउने व्यवस्था मिलाउन मन्त्री प्रदीप पौडेलले निर्देशन दिएका थिए।

images
images

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत् विस्तारका कारण भत्काइएको बाँसबारी-बूढानीलकण्ठ सडकको अवस्थाबारे जानकारी लिएका छन्।

images
images
images

काठमाडौं महानगरपालिका-५ का निर्वाचित सांसदसमेत रहेका मन्त्री पौडेलले तीन साताअघि मेलम्ची खानेपानी तथा नेपाल विद्युत् प्राधिकरणले समयमै मर्मत नगरेपछि धुलो र धुवाँबाट नागरिकले सास्ती पाएको भन्दै कालोपत्र तत्काल अघि बढाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।

images
images

एक वर्षअघि नै काम थालिए पनि तीन निकायबीचको समन्वय नहुँदा ढिलाइ भएपछि नागरिकलाई परेको सास्ती कम गर्न मन्त्री पौडेलले पटक-पटक पहल थालेका थिए। सडक डिभिजन, मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत् प्राधिकरणका अधिकारीसँग स्थलगत निरीक्षण गरेर काममा ढिलाइ नगर्न उनले आग्रह गरेका थिए।

images
images

त्यसलगत्तै सडकको सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र अघिको तीनसय मिटर खण्डमा कालोपत्रको तयारी थालिएको थियो।

सडकमा माटो बिच्छ्याए पनि कालोपत्र अघि नबढेको गुनासो आएपछि मन्त्री पौडेलले सम्बद्ध अधिकारीको ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, असोज ८ २०८११३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend