मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

कोल्टी आधारभूत अस्पतालमा विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट

images
मंगलबार, असोज ८ २०८१
images
कोल्टी आधारभूत अस्पतालमा विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट

नगरपालिकाबाहेक सो अस्पतालमा अन्य पालिका र छिमेकी जिल्ला मुगु तथा हुम्लाबाट पनि बिरामी आउने गरेका छन्।

images
images

बाजुरा- जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट दिने भएको छ। सोमबार बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो।

images
images
images

समितिले आजदेखि लागू हुनेगरी नगरपालिकाभित्रका विपन्न, हलिया, खलिया, दलित, जनजाति, फरक क्षमता भएका व्यक्ति, एकल महिला, ज्येष्ठ नागरिक, आर्थिक रुपले विपन्न बिरामी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क सेवाबाहेक अन्य सेवाबाट लिइने शुल्कको २० प्रतिशत छुट दिने निर्णय भएको अस्पतालले जनाएको छ।

images
images

नगरपालिकाभित्र रहेको विपन्न र आर्थिक अभावमा रहेका बिरामीलाई उपचारमा सहुलियत हुनेगरी एक्सरे, भिडियो एक्सरे र ल्याब परीक्षणमा २० प्रतिशत छुट गरिएको अस्पतालका सूचना अधिकारी प्रेम नेपालीले राससलाई जानकारी दिए।

images
images

नगरपालिकाबाहेक सो अस्पतालमा अन्य पालिका र छिमेकी जिल्ला मुगु तथा हुम्लाबाट पनि बिरामी आउने गरेका छन्।

उक्त क्षेत्रबाट आधारभूत अस्पताललाई सहयोग नहुने भएकाले नगरका नागरिकका लागि मात्र उक्त सेवामा छुट गरिएको सूचना अधिकारी नेपालीले बताए। उनले नगर क्षेत्रभित्र रहेका कतिपय नागरिकको उपचार गराउन आउँदा आर्थिक अभाव हुने हुँदा उपचारमा लाग्ने २० प्रतिशत नगरपालिकाले बेहोर्ने गरी छुट गरिएको नगर प्रमुख जनककुमार बोहराले बताए। रासस


प्रकाशित : मंगलबार, असोज ८ २०८११३:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend