मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

ताप्लेजुङ र भोजपुरमा चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन

images
मंगलबार, असोज ८ २०८१
images
ताप्लेजुङ र भोजपुरमा चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन

स्टिम जिरा मसिनो र सोना मन्सुली चामलमा प्रतिकिलो पाँच रूपैयाँ छुट गरिएको छ। सोना मन्सुली चामलको मूल्य प्रतिकिलो ६५ रूपैयाँबाट घटाएर ६० रूपैयाँ तोकिएको छ।

images
images

ताप्लेजुङ- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यहाँ ‘सुपथ मूल्य पसल’ सञ्चालनमा ल्याएको छ। चाडपर्व लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालन गरेको हो।

images
images
images

दशैँ, तिहार, नेपाल संवत्, छठ, चासोक तङ्नाम, ल्होसारलगायत चाडपर्वलाई ध्यानमा राखी माघ २ गतेसम्मका लागि सुपथ मूल्यमा खाद्य सामग्री बिक्री सुरु गरिएको कम्पनीकी प्रबन्धक सुधा थापा खत्रीले जानकारी दिइन्।

images
images

उनका अनुसार स्टिम जिरा मसिनो र सोना मन्सुली चामलमा प्रतिकिलो पाँच रूपैयाँ छुट गरिएको छ। योसँगै स्टिम जिरा मसिनो चामलको मूल्य प्रतिकिलो ९४ रूपैयाँबाट घटाएर ८९ रूपैयाँ तोकिएको छ।

images
images

२५ किलोको एक प्याकेट जिरा मसिनो चामल दुई हजार दुईसय २५ रूपैयाँमा पाइने कम्पनीले जनाएको छ। सोना मन्सुली चामलको मूल्य प्रतिकिलो ६५ रूपैयाँबाट घटाएर ६० रूपैयाँ तोकिएको छ। जसअनुसार २५ किलोको मन्सुली चामलको प्याकेटलाई एक हजार पाँचसय रूपैयाँ पर्नेछ।

खाद्य कम्पनीका अनुसार हाल ३४२ दशमलव पाँच क्विन्टल स्टिम जिरा मसिनो र एक सय ४१ दशमलव पाँच क्विन्टल सोना मन्सुली चामल मौज्दात छ। ताप्लेजुङ कारागारमा सिदाबापत आवश्यक चामलका लागि  कम्पनीले ६० देखि ७० क्विन्टल सुरक्षित गरी बाँकी सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ।

त्यसैगरी, भोजपुरमा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सुपथ मूल्य पसल सुरु गरेको छ। छुट मूल्यमा खाद्य सामाग्री बिक्री सुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड भोजपुरका प्रमुख सन्तोषकुमार साहले जानकारी दिए। प्रमुख साहका अनुसार उपभोक्ताले विगतको तुलनामा प्रतिकिलो पाँच रूपैयाँ छुट पाउनेछन्। 

प्रमुख साहले भने, 'हामीसँग खाद्यान्न मौज्दात रहेकाले यस वर्ष चाडपर्वमा विगतमा जस्तै खाद्यान्न अभाव हुँदैन।'

यहाँ हाल स्टिम जिरा मसिनो चामल र अरुवा सोना मन्सुली चामल गरी छ सय क्विन्टल चामल मौज्दात छ।

छुट मूल्यअनुसार स्टिम जिरा मसिनो चामल प्रतिकेजी ८५ र अरुवा सोना मन्सुली चामल प्रतिकेजी ६० रूपैयाँमा पाइने जनाइएको छ। भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले विगतमा जस्तो खाद्यान्न लिन आउँदा लाइन बस्नुपर्ने बाध्यता नरहेको र चाडपर्व लक्षित सुपथ मुल्य पसलले भोजपुरवासीलाई सुविधा पुग्ने बताए।

नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायतका उपस्थितिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ पसल शुभारम्भ गरेको थियो। रासस


प्रकाशित : मंगलबार, असोज ८ २०८१११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend