आइतबार, मंसिर ९ गते २०८१    
images
images

सिर्सिया सुक्खा बन्दरगाह भन्सारमा लक्ष्यअनुसार उठेन राजस्व, दुई महिनामा ८ अर्ब ३९ करोड संकलन

images
मंगलबार, असोज ८ २०८१
images
images
सिर्सिया सुक्खा बन्दरगाह भन्सारमा लक्ष्यअनुसार उठेन राजस्व, दुई महिनामा ८ अर्ब ३९ करोड संकलन

भन्सार विभागले कार्यालयलाई भदौसम्म नौ अर्ब ९७ करोड ७९ लाख ६९ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो।

images
images

पर्सा- सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को भदौसम्ममा आठ अर्ब ३९ करोड ४१ लाख १२ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images
images

भन्सार विभागले कार्यालयलाई भदौसम्म नौ अर्ब ९७ करोड ७९ लाख ६९ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। तर भदौसम्मको लक्ष्य पछ्याउन भने सकेन। कार्यालयले चालु आवको साउनमा तीन अर्ब ७५ करोड २२ लाख ११ हजार रूपैयाँ संकलन गर्‍यो भने चालु आवकै भदौमा भने चार अर्ब ६४ करोड १९ लाख एक हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

images

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनवहादुर बरुवालले चालु आवको दुई महिनामा राजस्व संकलन उत्साहप्रद रहेको बताए। 'भन्सार विभागले दिएको लक्ष्यको साउनमा ७९ दशमलव २८ प्रतिशत राजस्व संकलन भयो भने भदौमा पनि मासिक लक्ष्यको ८८ दशमलव ५० प्रतिशत राजस्व संकलन गरेका छौँ', उनले भने, 'भदौमा चाडपर्व लक्षित आयात भएर लक्ष्यअनुसारको राजस्व संकलन गर्ने अपेक्षा भए पनि शतप्रतिशत संकलन हुन भने सकेन।'

images

भन्सार विभागले कार्यालयलाई ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रूपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य दिएको छ। कार्यालयले चालु आवको दुई महिनासम्मको अवधिसम्म कुल वार्षिक लक्ष्यको १३ दशमलव ९८ प्रतिशत राजस्व संकलन गरेको छ।

प्रमुख भन्सार अधिकृत बरुवालले दशैँ र तिहारजस्ता चाडपर्व नजिकै आउन लागेकाले पनि विदेशी तयारी मदिराजन्य आयात बढेको बताए। कार्यालयले आव २०८०/८१ को भदौसम्ममा भने आठ अर्ब ६५ करोड २० लाख ५९ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो। त्यस्तै आव २०७९/८० को भदौसम्ममा सात अर्ब ६० लाख २२ लाख ३४ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो। रासस


प्रकाशित : मंगलबार, असोज ८ २०८१११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend