शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

सिस्नेरी-दक्षिणकाली सडकखण्ड आजदेखि असोज १९ सम्म बन्द

images
मंगलबार, असोज ८ २०८१
images
images
सिस्नेरी-दक्षिणकाली सडकखण्ड आजदेखि असोज १९ सम्म बन्द

बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीको सिस्नेरी-दक्षिणकाली खण्डअन्तर्गत पर्ने दक्षिणकाली-छैमले खण्ड कालोपत्र गर्ने भएकाले यातायात सञ्चालनमा रोक लगाइएको हो।

images
images

मकवानपुर- सिस्नेरी-दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात सञ्चालनमा रोक लगाइएको छ।

images
images

बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीको सिस्नेरी-दक्षिणकाली खण्डअन्तर्गत पर्ने दक्षिणकाली-छैमले खण्ड कालोपत्र गर्ने भएकाले यही असोज १९ गतेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

images
images

उक्त सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग कुलेखानी-फाखेल-मातातीर्थ सडकखण्ड, कान्तिलोकपथ सडकखण्ड, त्रिभुवन राजपथ, नारायणगढ-मुग्लिन सडकखण्डबाट सञ्चालन गर्न उनले अनुरोध गरे। रासस

images
images


प्रकाशित : मंगलबार, असोज ८ २०८११०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend