शनिबार, साउन १२ गते २०८१    
images
images
images

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : २०२२ को जुलाईभित्रै निर्माण सम्पन्न होला?

images
बिहीबार , पुस २९ २०७८
images
images
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : २०२२ को जुलाईभित्रै निर्माण सम्पन्न होला?
images

काठमाडौं- २०२१ को जुलाईभित्रै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गर्ने लक्ष्यसहित विमानस्थल निर्माणको काम २०१७ देखि सुरु भएको थियो। कोरोनाका कारण विमानस्थल निर्माणमा केही समस्या आएको थियो।

images
images

पहिलोपटक २०७६ चैतमा कोरोना रोकथाममा लागि सरकारले लकडाउन जारी गरेसँगै ६ महिनाभन्दा बढी समय विमानस्थल निर्माणको काम सुस्त भएको थियो। तर अहिले विमानस्थल निर्माणको काम धमाधम भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय आयोजनका प्रमुख इन्जिनियर बिनेश मुनाकर्मीले बिजनेस न्युजसँग बताए।

images

‘विमानस्थल निर्माणमा बाँकी रहेको काम अहिले तीब्रताका साथ भइरहेको छ’, उनले भने, ‘विमानस्थल निर्माणमा ९० प्रतिशत काम सम्पन्न भएको छ।’

अहिले विमानस्थलमा निर्माण भएको टर्मिननल भवनसहितका १४ वटा भवनमा फिनिसिङ गर्ने काम भइरहेको उनको भनाइ छ। विमानस्थल निर्माणका लागि आवश्यक सबै उपकरण साइटमा आइसकेका कारण अब निर्माणमा कुनै पनि समस्या नआउने मुनाकर्मी बताउँछन्।

images

उनका अनुसार २०२२ को जुलाईसम्म विमानस्थल निर्माणको काम सम्पन्न हुन्छ। अहिले विमानस्थलमा निर्माण भएका भवनभित्रको सजावट र बाहिरको सौन्दर्यकरणको काम पनि भइरहेको छ। 

‘हाम्रो लक्ष्य २०२१ को जुलाईसम्म निर्माण सम्पन्न गर्ने भए पनि ६ महिना अगाडि नै विमानस्थल निर्माणको काम सक्ने भन्ने नै थियो’, उनले भने, ‘कोरोनाका कारण तोकिएको समयमा पनि काम सम्पन्न नभएपछि एक वर्षको समय थप भएको थियो। अब थप भएको समयभित्रै निर्माणको काम सम्पन्न हुन्छ।’

योसँगै आयोजनले विमानस्थल सञ्चालनमा अवरोध देखिएको रिठ्ठेपानी डाँडा कटानीको काम पनि अगाडि बढेको मुनाकर्मीले जानकारी दिए। डाँडा कटानीका लागि पुरक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार हुने चरणमा पुगको छ। आयोजनाले यसैसाता पुरक वातावरणीय प्रभाव मूल्यांकन सार्वजनिक सुनाइ सकेर १५ दिनभित्र फाइनल रिपोर्ट तयार हुने मुनाकर्मी बताउँछन्।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी पर्यटन उद्योगको प्रबर्द्धन गर्ने सरकारी लक्ष्य छ। सन् २०११ मा आयोजना शुरु भएता पनि नेपाल सरकार र चीन सरकारबीच २०१७ मार्चमा ऋण सम्झौता भइ सन् २०२१ सम्म सम्पन्न गर्ने लक्ष्यसहित काम थलानी भएको थियो। 

चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले २०७४ साल असारदेखि विमानस्थलको काम सुरु गरेको थियो। तर अहिले समय थप गरी २०२२ को जुलाईसम्म काम सक्ने लक्ष्य लिइएको छ। यो आयोजनाको कुल अनुमानित लागत २१ अर्ब ६० करोड रहेको छ।

आर्थिक वर्ष २०७५/७६ मा नै यो आयोजनको धावनमार्ग ट्याक्सी वे र एप्रोन निर्माण गर्ने कार्य सम्पन्न भएको थियो। अहिले विमानस्थल भित्र बन्ने टर्मिनल भवन र अन्य १४ वटा भवनहरू निर्माण काम सम्पनसँगै फिनिसिङको चरणमा छ।

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ)को मादण्डअनुसार फोरडी मोडलमा निर्माण हुने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यस्तरका जहाजबाट उडान तथा अवसतरण गर्न सकिने छ।


प्रकाशित : बिहीबार , पुस २९ २०७८११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend