मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

बागमती प्रदेशसभा बैठक : तीन विधेयक सर्वसम्मतिले पारित

images
सोमबार, असोज ७ २०८१
images
बागमती प्रदेशसभा बैठक : तीन विधेयक सर्वसम्मतिले पारित

प्रदेशसभाको आइतबार र आजको बैठकको छलफलमा उठेका प्रश्नको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले जवाफ दिएका थिए।

images
images

मकवानपुर- बागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकले तीन विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको छ।

images
images
images

उक्त बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको हो।

images
images

सो बैठकमा क्रमशः प्रदेश स्वास्थ्यमन्त्री किरण थापा मगरले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासनमन्त्री सुकुमाया तामाङले प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनि पेस गरेका थिए।

images
images

प्रदेशसभाको आइतबार र आजको बैठकको छलफलमा उठेका प्रश्नको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले जवाफ दिएका थिए। उनले प्रदेश सरकारले प्रदेशसभाका सदस्यको भावना र चाहनालाई मध्यनजर गरी प्रदेशको सबै जिल्लामा समानुपातिक योजना र बजेट वितरण हुने, त्यसको अनुगमन गर्न सरकारले संयन्त्र तयार गर्न लागेको बताए।

उनले मौजुदा सरकारले अहिले न्यूनतम ६७ बुँदे साझा कार्यक्रम ल्याइएको र त्यसमा प्रदेशको सबै जिल्लाको भौगोलिक अवस्थाअनुसार राष्ट्रिय गौरवको आयोजना, विकासको पूर्वाधार निर्माण र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने रचनात्मक कार्यक्रम भएको उल्लेख गरे। त्यसमा सबै प्रतिपक्ष दललाई सहयोग गर्न उनले आग्रह गरे।

हेटौँडा-नारागणगढ सडकखण्ड, त्रिभुवन राजपथ, भीमफेदी-कुलेखानी-काठमाडौं तथा काठमाडौंबाट सिन्धुली, नुवाकोट, काभ्रे र रसुवा जोड्ने सडकलाई तत्काल मर्मत सम्भार र ढल निर्माण गरी दशैँमा सबै यात्रुलाई यात्रा सहज बनाउन सम्बन्धित निकायलाई परिचालन गरिसकिएको जानकारी दिए।

प्रदेशमा सुशासन, भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले छिट्टै कार्यदल गठन गरी कार्यविधि तयार गरी लागु गर्ने र आ-आफ्नो दलगत स्वार्थ नहेरी दोषी पाइएमा कारबाही गर्ने दृढता व्यक्त गरे।

मुख्यमन्त्री लामाले सर्वसाधारणलाई प्रदेशको विभिन्न अस्पतालमा गुणात्मक उपचार सेवा पुर्‍याउन आवश्यक चिकित्सक स्वास्थ्यकर्मी दरबन्दी र उपकरण उपलब्ध गराउने सरकारको नीति रहेको उल्लेख गरे।

बागमती प्रदेशसभाको सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरे। रासस


प्रकाशित : सोमबार, असोज ७ २०८११८:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend