बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

अर्थतन्त्रमा सुधारको संकेत : भदौमा १ खर्ब ३३ अर्ब रुपैयाँको वस्तु आयात

सोमबार, असोज ७ २०८१
अर्थतन्त्रमा सुधारको संकेत : भदौमा १ खर्ब ३३ अर्ब रुपैयाँको वस्तु आयात

नेपाली अर्थतन्त्र संकुचित हुँदा विगत लामो समयदेखि आयात ऋणात्मक रहँदै आएको थियो। अर्थतन्त्र चलायमान नभएकाले विदेशी मुद्राको सञ्चिति अधिक छ।

काठमाडौं- चालु आर्थिक वर्षको भदौ महिनामा वस्तु आयात सकारात्मक भएको छ। गत आर्थिक वर्षदेखि ऋणात्मक रहँदै आएको आयात भदौमा आएर १.०८ प्रतिशतले सकारात्मक देखिएको हो। 

गत साउनमा १ खर्ब २८ अर्ब रुपैयाँको वस्तु आयात भएकोमा भदौमा १ खर्ब ३३ अर्ब रुपैयाँको वस्तु आयात भएको हो। 

चालु आर्थिक वर्षको भदौ महिनासम्ममा कुल वस्तु आयात २ खर्ब ६२ अर्ब रुपैयाँको भएको छ। गत वर्षको यसै अवधिमा वस्तु आयात २ खर्ब ५९ अर्ब रुपैयाँको भएको थlयो।

निर्याततर्फ भने भदौ महिनामा पनि ऋणात्मक देखिएको छ। भदौमा ५.१२ प्रतिशतले निर्यात ऋणात्मक रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ। यस अवधिमा कुल व्यापार १.७८ प्रतिशतले बढेको छ। 

नेपाली अर्थतन्त्र संकुचित हुँदा विगत लामो समयदेखि आयात ऋणात्मक रहँदै आएको थियो। अर्थतन्त्र चलायमान नभएकाले विदेशी मुद्राको सञ्चिति अधिक छ। जसले गर्दा बैंकिङ प्रणालीमा अधिक लगानीयोग्य रकम रहेको छ भने ब्याजदर घटेर एकल अंकमा आएको छ।


प्रकाशित : सोमबार, असोज ७ २०८११६:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend