शनिबार, चैत ९ गते २०८१    
शनिबार, चैत ९ २०८१
images
images

कृषिको आधुनिकीकण र प्रतिस्पर्धात्मक बनाउन सरकार लागिपरेको छ : कृषिमन्त्री अधिकारी

images
सोमबार, असोज ७ २०८१
images
images
कृषिको आधुनिकीकण र प्रतिस्पर्धात्मक बनाउन सरकार लागिपरेको छ : कृषिमन्त्री अधिकारी

किसान र उद्यमीले कृषि ऋण र सरकारी सहयोग सहज रूपमा पाउन नसकेको गुनासा आइरहेकाले त्यसलाई सहज, सरल र छिटोछरितो बनाउन सरकार लागिपरेको कृषिमन्त्री रामनाथ अधिकारीले बताए।

images
images

काठमाडौं- कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले निर्वाहमुखी कृषिलाई दिगो, उद्यमशील र प्रतिस्पर्धात्मक बनाउन सरकार लागिपरेको बताएका छन्।

images
images

ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी, कृषिमा प्रत्यक्ष वित्तीय लगानी परियोजनाको आज यहाँ शुभारम्भ गर्दै उनले दुई तिहाइ ग्रामीण जनताको जीविकोपार्जनको माध्यम कृषि रहेकाले यसको आधुनिकीकरण जरूरी रहेको बताए।

images
images

कुल गार्हस्थ उत्पादन (जीडीपी) मा लगभग २४ दलशमलव पाँच प्रतिशत योगदान कृषि क्षेत्रले पुर्‍याएको चर्चा गर्दै मन्त्री अधिकारीले भने, 'कृषिमा उच्च लागत, कम उत्पादकत्व, मानव श्रममा आधारित, गुणस्तरीय कृषि सामग्री (बीउ, मल, सिँचाइ, यन्त्र) मा सीमित पहुँच र अव्यवस्थित बजारले बाधा पुर्‍याइरहेको छ।'

images
images

किसान र उद्यमीले कृषि ऋण र सरकारी सहयोग सहज रूपमा पाउन नसकेको गुनासा आइरहेकाले त्यसलाई सहज, सरल र छिटोछरितो बनाउन सरकार लागिपरेको उनले बताए। मन्त्री अधिकारीले जलवायु परिवर्तनको असर र प्रभाव कृषि क्षेत्रमा देखिन थालेकाले विश्व नै यस क्षेत्रमा संवेदनशील हुनुपर्ने बेला आएको उल्लेख गरे।

'यस्तो अवस्थामा कृषि क्षेत्रलाई व्यावसायिकीकरण र औद्योगिकीकरणतर्फ अग्रसर गराउन सरकारी, निजी, सहकारी र विकास साझेदारको समन्वयात्मक प्रयास आवश्यक छ। विकास साझेदार, निजी क्षेत्र, सहकारी र किसानका नवप्रवद्र्धनशील विचार, अनुभव र स्रोतका लागि सरकार हातेमालो गरेर अघि बढ्न तयार छ', उनले भने।

सरकारले कृषिमा लगानी दशक घोषणा गरेर काम गरिरहेकाल लगानी बढाउन आवश्यक र युवा पुस्तालाई आकर्षित गर्न आवश्यक कानुन संशोधनको तयारी भइरहेको पनि मन्त्री अधिकारीले जानकारी दिए। उनले ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजीले कृषिमा आधारित आर्थिक विकासलाई प्रोत्साहन गर्ने, उद्यमशील कृषिलाई मजबुत बनाउने, खाद्य र पोषण सुरक्षामा सुधार गर्ने, गरिबी घटाउने र निजी क्षेत्रको लगानी बढाउने नीति बनाउन मद्दत पुग्ने विश्वस व्यक्त गरे।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसन, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) नेपालका मिसन निर्देशक मिस क्याटी डोनोहोलगायतको सहभागिता थियो। रासस


प्रकाशित : सोमबार, असोज ७ २०८११६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend