सोमबार, असोज ७ गते २०८१    
images
images

आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि संसदीय सुनुवाइ समितिको बैठक निष्कर्षविहीन

images
सोमबार, असोज ७ २०८१
images
images
आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि संसदीय सुनुवाइ समितिको बैठक निष्कर्षविहीन

सरकारले विभिन्न १७ मुलुकका लागि राजदूतको नाम सिफारिस गरी संसदीय समितिमा पठाएकामा १६ जनाको नाम यसअघि नै समितिले अनुमोदन गरिसकेको छ।

images
images

काठमाडौं- संघीय संसद् संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन वा अस्वीकृत गर्ने भन्नेबारे आज पनि निर्णय लिन सकेन।

images
images
images

समितिको आजको बैठकमा नाम अनुमोदन वा अस्वीकृत गर्न आवश्यक पर्ने उपस्थित सदस्य सङ्ख्या अपुग भएका कारण बैठक निष्कर्षविहीन हुन पुग्यो।

समितिका सदस्य श्यामकुमार घिमिरेले प्रस्तावित राजदूतको नाम स्वीकृत वा अस्वीकृत गर्न बैठकमा दुई तिहाइ अर्थात १० जना सदस्य आवश्यक पर्नेमा त्यो नभएपछि बैठक निर्णयमा नपुगी स्थगित भएको जानकारी दिए।

उनले भने, '१५ सदस्यीय समितिमा आठ जनामात्र उपस्थित हुनुभयो। प्रस्तावबारे निर्णयमा पुग्न कम्तीमा १० जना सदस्य आवश्यक पर्छ, त्यो नभएपछि मंगलबार बस्ने  बैठकबाट निर्णय लिने सहमति भएको छ।'

images

प्रस्तावित राजदूत भट्टराईका विषयमा निर्णयमा पुग्नुअघि समितिले उनीसँग स्नातक तहको शैक्षिक योग्यताको माग गरेको थियो। उनको स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र नआइपुगेका कारण समितिको अघिल्लो बैठक पनि निर्णयमा पुग्न सकेको थिएन। हालसम्म उक्त पत्र परराष्ट्र मन्त्रालयमै उपलब्ध नभएको बताइएको छ।

समितिको मंगलबारको बैठकअघिसम्म प्रस्तावित राजदूत भट्टराईको स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र उपलब्ध गराएमा अनुमोदन हुने अन्यथा नाम स्वीकृत गर्न नमिल्ने सदस्य घिमिरेले स्पष्ट गरे।

समितिले यही असोज ३ गते उनका सम्बन्धमा आवश्यक काजजात परराष्ट्र मन्त्रालयसँग माग गरेकामा उपलब्ध नगराएको विषय सभापति ईश्वरी न्यौपानेले बैठकको प्रारम्भमै समितिलाई जानकारी गराएकी थिइन्।

बैठकको प्रारम्भमै सभापति न्यौपानेले प्रस्तावित राजदूतको उपयोगिता वा अनुपयोगिताबारे समितिको राय सम्बन्धित निकायमा पठाउनुपर्ने व्यवस्था रहेकाले सदस्यहरुको राय माग गरे।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाले न्यूनतम स्नातक तहको शैक्षिक योग्यताका रुपमा तय गरेको छ।

सरकारले विभिन्न १७ मुलुकका लागि राजदूतको नाम सिफारिस गरी संसदीय समितिमा पठाएकामा १६ जनाको नाम यसअघि नै समितिले अनुमोदन गरिसकेको छ। रासस


प्रकाशित : सोमबार, असोज ७ २०८११६:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend