बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश दिँदै सिटिजन्स बैंक

सोमबार, असोज ७ २०८१
सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश दिँदै सिटिजन्स बैंक

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश स्वीकृत गरेको हो।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश दिने भएको छ।

बैंकको सोमबार बसेको ४६३औँ सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश स्वीकृत गरेको हो।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेअनुसार आव २०८०/८१ को वितरणयोग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २ करोड ९ लाख ७४ हजार ६ रूपैयाँको ४ प्रतिशतले हुने ५६ करोड ८० लाख ३८ हजार ९ सय ६० रूपैयाँ बोनस सेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने २ करोड ९८ लाख ९६ हजार ७ सय ८७ रूपैयाँसहित जम्मा ५९ करोड ७९ लाख ३५ हजार ७ सय ४७ रूपैयाँ दिने प्रस्ताव गरिएको बैंकले छ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई प्रस्तावित लाभांश वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ।

सिटिजन्स बैंकले सर्वसाधारणलाई सेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै सेयरधनीहरुलाई निरन्तर लाभांश वितरण गर्दै आएको छ। आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०८०/८१ सम्मको औसत लाभांश दर ११.५६ प्रतिशत रहेका छ भने प्रस्तावित लाभांशसहित पछिल्लो १० वर्षको औसत लाभांश दर १२.१० प्रतिशत रहेको बैंकले जनाएको छ।

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।


प्रकाशित : सोमबार, असोज ७ २०८११६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend